साउन १७, मकवानपुर | छिमेकी जिल्ला चितवनमा देखिएको स्क्रब टाइफसका बिरामी मकवानपुरमा पनि देखिएको छ । जिल्ला जनस्वस्थय कार्यालय मकवापुरका अनुसार मकवानपुरमा ४४ जना स्क्रब टाइफसक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १७, मकवानपुर | छिमेकी जिल्ला चितवनमा देखिएको स्क्रब टाइफसका बिरामी मकवानपुरमा पनि देखिएको छ । जिल्ला जनस्वस्थय कार्यालय मकवापुरका अनुसार मकवानपुरमा ४४ जना स्क्रब टाइफसक"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा पनि स्क्रब टाइफसका बिरामी फेला

२०७४, १७ श्रावण मंगलवार १५:०७

साउन १७, मकवानपुर | छिमेकी जिल्ला चितवनमा देखिएको स्क्रब टाइफसका बिरामी मकवानपुरमा पनि देखिएको छ । जिल्ला जनस्वस्थय कार्यालय मकवापुरका अनुसार मकवानपुरमा ४४ जना स्क्रब टाइफसका विरामी फेला परेका छन् । 

हेटौडाको विभिन्न अस्पतालमा उपचारका लागि आएका विरामी मध्य ४५ जनामा स्कब टाइफस्को संक्रमण भेटिएको जनस्वास्थ्य कार्यालय प्रमुख रामचन्द्र पाठकले जानकारी दिनुभएको छ । उहाँका अनुसार हेटौडा अस्पतालमा ३ जना, हेटौडा सिटि हस्पतालमा १ र हेटौडा सामुदाईक अस्पतालमा ४० जना स्क्रब टाईफसका विरामी उपचारका लागि आएको उहाँले बताउनुभयो । स्क्रव टाइफसका विरामीमा ज्वरो आउने, शारीरका जोर्नीहरु दुख्ने, कमजोर महसुस हुने, खटिरा आउने जस्ता लक्षण देखिने पाठकले बताउनु भएको छ । 

स्क्रव टाइफसको संक्रमणपछि विरामीको शारीरिक अवस्था र प्रतिरक्षा अवस्था कमजोर हुने भएकोले अन्य रोगको संक्रमण देखिने पनि उहाँले जानकारी दिनुभयो । संक्रमित विरामीलाई आराम गर्ने, शरीरमा देखिने कमजोरी अनुसारको औषधी सेवन गर्न ,पोषिलो खानेकुरा खाएर चिकित्सकको निगरानीमा रहँन उहाँको सुझाव छ । स्क्रव टाइफसको लक्षणअनुसार तत्काल उपचार गरी आराम नगरे जोखिम हुन सक्ने पनि उहाँको भनाइ छ । हालसम्म सबै विरामीको उपचार सफल भएको र सामान्य अवस्थामा घर फर्किएको पाठकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा