पढ्न करिब 1 मिनेट लाग्छ

खकेन्द्र केसी/साउन १७, सल्यान । श्रीमान विदेशबाट आएको एक हप्ता नपुग्दै श्रीमती फरार भएकी छन् ।

सल्यान ढोरचौर गाँपालीका १ मेल्चौरकी २८ बर्षीया अवसरा रेउले उनका श्रीमान विरबहादुर रेउले बिदेशबाट आएको एक हप्ता नहुदै ५ लाख रुपैया र केहि गरगहणा सहित सनिबार फरार भएकी हुन ।

श्रीमान ३ बर्षअघि विदेश गएसंगै एक छोरीसहित अवसरा दाङको तुलसीपुरमा बस्दै आएकी थिइन । तुलसीपुर बस्दादेखि नै श्रीमानले विदेशमा दुख गरेर कमाएको पैसा समयसमयमा श्रीमतीलाई पठाउदै आएका थिए ।

फरार भएकी अवसरा तुलसीपुरमा कोठा लिएर बसेसँगै घरमा खासै नआएको बिरबहादुरका भाईले बताएका छन् ।