२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वप्रकाशले भने- मैले र गगनले पार्टीको बैठकमा कुलमानलाई हटाउन हुँदैन भनेका थियौँ

२०८१, १४ चैत्र बिहीबार १३:४८

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको बैठकमा आफू र अर्का महामन्त्री गगन थापाले नेपाली विद्युत्‌ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने मत राखेको बताएका छन् ।

बिहीबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले पार्टीको पदाधिकारी बैठकमा आफू र अर्का महामन्त्री थापाले कार्यकाल सकिन लागेका घिसिङलाई सरकारले हटाउन नहुने विषयमा मत राखेको बताएका हुन् । महामन्त्री शर्माले घिसिङलाई हटाएको विषयमा आफूहरूले सामाजिक सञ्जालमार्फत मात्रै नभएर संसद बैठकमा पनि विरोध गर्ने बताए ।

महामन्त्री शर्माले कार्यकारी निर्देशकबाट घिसिङलाई हटाउन नहुने विषयमा तीन कारण पनि दिएका छन् । उनका अनुसार, कुलमानको पदावधि थोरै रहेको, १९ चैतभित्र अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गर्नुपर्ने अवस्था र सरकारप्रति नागरिकमा असन्तुष्टि बढेका बेलामा यस्तो कदम चाल्नु गलत हो ।

घिसिङ आफूलाई सरकारले अन्यायपूर्वक हटाएको भन्दै सर्वोच्च अदालत पुगिसकेकाले अब विपक्षी दलहरूले संसद अवरोध गर्न नहुने महामन्त्री शर्माको भनाइ छ । ‘कुलमान अदालत गइसक्नुभएको छ । अदालतमा विचाराधीन विषयलाई लिएर संसदमा अवरोध गर्नु हुँदैन । अर्को कुरा, प्रधानमन्त्रीले गर्ने हरेक निर्णयमा संसदमा जवाफ माग गर्ने विषय पनि त्यति राम्रो होइन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु