५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वप्रकाशले भने- मैले र गगनले पार्टीको बैठकमा कुलमानलाई हटाउन हुँदैन भनेका थियौँ

१४ चैत्र २०८१, बिहीबार १३:४८

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको बैठकमा आफू र अर्का महामन्त्री गगन थापाले नेपाली विद्युत्‌ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने मत राखेको बताएका छन् ।

बिहीबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले पार्टीको पदाधिकारी बैठकमा आफू र अर्का महामन्त्री थापाले कार्यकाल सकिन लागेका घिसिङलाई सरकारले हटाउन नहुने विषयमा मत राखेको बताएका हुन् । महामन्त्री शर्माले घिसिङलाई हटाएको विषयमा आफूहरूले सामाजिक सञ्जालमार्फत मात्रै नभएर संसद बैठकमा पनि विरोध गर्ने बताए ।

महामन्त्री शर्माले कार्यकारी निर्देशकबाट घिसिङलाई हटाउन नहुने विषयमा तीन कारण पनि दिएका छन् । उनका अनुसार, कुलमानको पदावधि थोरै रहेको, १९ चैतभित्र अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गर्नुपर्ने अवस्था र सरकारप्रति नागरिकमा असन्तुष्टि बढेका बेलामा यस्तो कदम चाल्नु गलत हो ।

घिसिङ आफूलाई सरकारले अन्यायपूर्वक हटाएको भन्दै सर्वोच्च अदालत पुगिसकेकाले अब विपक्षी दलहरूले संसद अवरोध गर्न नहुने महामन्त्री शर्माको भनाइ छ । ‘कुलमान अदालत गइसक्नुभएको छ । अदालतमा विचाराधीन विषयलाई लिएर संसदमा अवरोध गर्नु हुँदैन । अर्को कुरा, प्रधानमन्त्रीले गर्ने हरेक निर्णयमा संसदमा जवाफ माग गर्ने विषय पनि त्यति राम्रो होइन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता