५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजसंस्थाको ब्यानर बोकेर माइतीघरमा प्रदर्शन गर्ने अमेरिकी पक्राउ

१४ चैत्र २०८१, बिहीबार १६:४५

काठमाडौँ | माइतीघरमा प्रदर्शन गर्ने अमेरिकी नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार जुलियन कृपा ब्लिस (हिन्दु नाम जयानन्द कृपा) पक्राउ परेका हुन् । माइतीघर मण्डलामा कुलमान घिसिङको बर्खास्तीविरुद्ध प्रदर्शन भइरहेका बेला भिडमा उनी राजसंस्था समर्थित ब्यानरसहित देखिएका हुन् ।

उनी अमेरिकी नागरिक हुन् । उनी वल्र्ड गार्डियन्स अर्गनाइजेसनले आयोजना गरेको कार्यक्रममा गएका थिए ।

उनको नेतृत्वमा ८–१० जना जम्मा भई ‘शुद्ध शाहाकारी भोजन खानुहोस्, प्लास्टिक जलाउने फ्याँक्ने कार्य अपराध हो त्यसैले प्लाष्टिकलाई सधैँ अस्वीकार गर्न बोतल र कन्टेनर प्रयोग गर्नुहोस,’ जस्ता नारासहित प्रदर्शन भएको थियो ।

जुलियनको मोबाइलमा पासपोर्टको फोटो भेटिएको छ, तर मिति सकिएको । प्रहरीलाई उनले आफूसँग पासपोर्टको सक्कल प्रति रहेको र पेश गर्ने भनेका छन् । ‘यदि म्याद सकिएर्को नै हो भने उनीमाथि अध्यागमन कानुनअनुसार कारवाही हुन्छ’, प्रहरीले भन्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता