काठमाडौँ | देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ।
सुनसरीको धरान उपमहानगरपालिका-५ अँधेरी खोलाको छेउमा रहेको सिसौघारीमा सोही उपमहानगरपालिका-५ आँपटार बस्ने ७१ वर्षीया मनमाया राई बिहीबार मृत अवस्थामा फेला परेकी छन्।
यस्तै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ तिप्लिङस्थित ब्रह्मायणी खोलामा सोही गाउँपालिका-२ फुल्पिङकोट बस्ने २९ वर्षीय नरेश विक बिहीबार मृत अवस्थामा फेला परेका छन्।
उता ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-१ कुईभिर बस्ने ६९ वर्षीय बडि हर्क राई सोही ठाउँस्थित खरबारीको भिर नजिकैबिहीबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।