२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली भुमि लिपुलेकमा भारतले बनायो दुई किलोमिटर लामो पदमार्ग

२०७४, १८ श्रावण बुधबार ०८:२०


लोकेन्द्र प्रशाद जोशी/साउन १८, दार्चुला । नेपालले दावी गर्दै आएको भुमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले पदमार्ग बनाएको छ । भारतको लोक निर्माण विभागले लिपुलेकदेखि उत्तरतिर दुई किलोमिटरसम्म पर्यटकीय पदमार्ग निर्माण गरेको हो ।

लिपुलेक क्षेत्रमा दुई किलोमिटरसम्म पदमार्ग बनाएपछि कैलास पर्वतको दर्शन गर्न सजिलो भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहर पबित्र धार्मीक स्थल कैलासमानसरोबर नेपाल भारत र चिनको त्रिदेशीय सिमा नजीक पर्दछ । 

उक्त क्षेत्रमा नेपाल, भारत र चिन तिनै देशको भुमि प्रयोग गरेर पुग्न सकिन्छ । तर नेपाली बाटो असुरक्षीत हुदा नेपाली भक्तजनहरु दार्चुला सदरमुकामबाट भारत हुदै कैलासमानसरोबरको दर्शन गर्न जाने गरेका छन ।

दुई वर्ष लगाएर निर्माण गरिएको उक्त पदमार्ग निर्माण गर्न भारत सरकारले लोक निर्माण विभागबाट १५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको २८ जुलाइमा प्रकाशित उत्तराखण्डको प्रमुख पत्रिका हिन्दुस्तान दैनिकले जनाएको छ । पत्रिकाका अनुसार उक्त पदमार्गबाट सजिलै कैशाल पर्वतको दृष्यावलोकन गर्न सकिन्छ ।

नेपालले आफ्नो भूमिका रुपमा दावी गर्दै आएको उक्त क्षेत्रबाट आफूहरुले तिब्बतसँग व्यापार गरेको महाकाली नगरपालिका वडा नम्बर १ का ८८ वर्षिय धनसिह धामीले बताउँनुभयो । भेडाच्याङ्ग्रा र घोडाखच्चरमा समान लिएर तिब्बतसँग व्यापार गर्ने उक्त बाटोमै भारतीय पक्षले पदमार्ग बनाएको हो ।

सितापुलबाट उत्तरतिर नेपालीहरुलाई भरियाबाहेक अन्यरुपमा प्रवेश गर्न भारतीय पक्षले रोक लगाएको छ । अहिले सितापुल तरेर नेपालको छाङ्रुतिंकर हुँदै ताक्लाकोटसम्म भारतीयहरु निर्वाध आवतजावत गर्ने गरेको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष संकरसिह धामीले बताउनुभयो ।


‘भातरको यस्तो कार्यले उसले लिपुलेक सुरक्षाका दृष्टिकोणले मात्रै कब्जा नगरी पर्यटकीय सम्भावनालाई बिस्तार गर्न पनि भारतले लिपुलेक क्षेत्र कब्जा गरेको प्रष्ट भएको भन्दै स्थानियहरुले बिरोध गरेका छन ।

राष्ट्रियताको रक्षार्थ बर्षैादेखी पीडामा रहेको लीपुलेकमा राष्ट्रियताका चर्काचर्का नाराहरु लगाउँने नेता र राजनीतिक दलहरुको खासै चासो पुग्न सकेको छैन । बिद्यार्थी नेता देखी राजनीतिक दलहरुले आफ्नो चुनाबि नारा बनाउँने तर सिमाको रक्षार्थ पहल गर्न नसक्दा नेपाली भुमि नै अतिक्रमणको चपेटामा पर्ने खतरा बढ्दै गएको छ ।

यस क्षेत्रका स्थानियहरु बिना बर्दीको सैनिकका रुपमा राष्ट्रियताको रक्षार्थ तैनाथ भएपनि उनिहरुले सिमामै बसेका कारण बिभिन्न समस्याहरु भोग्नुपरीरहेको छ । स्थानियहरु बर्षैादेखी आफ्नो देशबाट पुग्ने बाटोसम्म नहुदा मनभरी पिडा र आफोसको भारि बोक्दै भारतियहरुको हेपाहा प्रबृतिको सामु झुकेर आफ्नो गृहक्षेत्र पुग्ने गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी