५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाटभटेनी लुटपाटका १२ अभियुक्त–ब्ल्याक लेबल र यार्सागुम्बा ह्विस्कीदेखि लिपिस्टिक गाजल बरामद

१७ चैत्र २०८१, आईतवार १८:१५

काठमाडौँ | राजावादीहरुको प्रदर्शनको क्रममा काटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा मिथिला नगरपालिका वडा नं ६ ढल्केवर काटेश्वर बस्ने आशिष सिंह, सर्लाही बरथहवा नगरपालिका वडा नं १६ घर भएका कोटेश्वर नरेफाँट बस्ने प्रेम कुमार महत्तो र भारतको बिहार राज्य पटना हाजिपुर घर भई हाल कोटेश्वर नरेफाँट बस्ने रवि रञ्जन कुमार रहेका छन् ।

यसअघि प्रहरीले शनिबार ७ जनालाई पक्राउ गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज थप ३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सिंहको साथबाट ब्ल्याक लेबल १ थान, ज्याक जेनिल २ थान, महतोको साथबाट ४ थान खाली बियरको बोतल र कुमारको साथबाट यार्सागुम्बा ब्राण्डको मदिरा १ थान बरामद भएको छ ।

यस्तै  पक्राउ परेका अन्य ७ जनाको साथबाट हाफपाइन्ट टाउजर, टे«, क्यारेट, फलफूल, लिपिस्टक गाजल रअन्य सामानहरु बरामद भएको छ । उनीहरुले शुक्रबार भाटभटेनीमा लुटपाट हुँदा चोरेर लगेका थिए । अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता