२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

घट्यो सिमेन्टको मूल्य

१८ चैत्र २०८१, सोमबार १७:००

काठमाडौँ | बजारमा सिमेन्टको मूल्य घटेको छ । सिमेन्ट उद्योगमा हुँदै आएको लोडसेडिङ घटेसँगै उद्योगीहरूले सिमेन्टको मूल्य घटाउन थालेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए ।

‘लोडसेडिङ घटेसँगै उत्पादन बढेको र सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँसम्मले मूल्य घटाएको जानकारी आएको छ,’ महानिर्देशक दाहालले भने, ‘लोडसेडिङ पूर्णरुपमा हटेपछि अझै धेरै मूल्य घट्छ ।’

फलामे छड (डन्डी) को मूल्य घटेको बारेमा जानकार नभएको बताए । ‘ठ्याक्कै के कति घट्यो भनेर भन्न सक्ने अवस्था छैन । यस विषयमा उद्योगीहरूसँग सोध्नुपर्ने हुन्छ ,’ उनले भने ।

यसअघि विभागले उद्योगीहरूलाई सिमेन्ट र डन्डीको उत्पादन लागत मूल्यको सम्पूर्ण विवरण विभामा उपलब्ध गराउन पत्राचार गरेको थियो । साथै विभागका महानिर्देशक दाहालले उद्योगीहरूलाई एक साताभित्र सिमेन्ट र डन्डीको अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएका छन् । उद्योगीहरूले पनि उक्त कुराको सहमति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…