२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाली खानाको प्रदर्शनी तथा व्यापार मेला हुँदै, उत्कृष्ट भान्छेलाई एक लाख पुरस्कार

२० चैत्र २०८१, बुधबार ००:२४

काठमाडौँ । नेपाली खानाको आफ्नै मौलिक पहिचान दिन र व्यवसायिक प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी र अन्तर–कलेज कुकिंङ प्रतियोगिताको आयोजना हुने भएको छ । नेपाली सेफ सोसाइटीको आयोजनामा आगामी २०८२, वैशाख ४ गते अन्तर–कलेज कुकिंङ प्रतियोगिता हुनेछ भने । वैशाख ६ गते भृकुटीमण्डपमा नेपाली परम्परागत खानाको ऐतिहासिक प्रदर्शनी तथा व्यापार मेलाको हुने तय भएको छ ।

यो आयोजनाले नेपाली खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने विश्वास आयोजकले लिएको छ ।

मंगलबार ललितपुर् स्थीत् अकेडेमी अफ कुलिनरी आट्र्स, कलेजमा हुने कुकीङ प्रतियोगितामा कलेज तहका विद्यार्थी शेफहरूले आफुमा रहेको पाक–कला प्रतिभाको सीप प्रस्तुत गर्नेछन् । सोहि सीपको आधारमा प्रतियोगिता आयोजकले उत्कृष्ट कलेजका विद्यार्थी शेफहरूलाई पुरस्कृत गर्ने जनाएको छ । पुरस्कारको राशि क्रमश प्रथमलाई १ लाख, द्वित्तीयलाई ७५ हजार र तृतीयलाई ५० हजार प्रदान गरिनेछ ।

आयोजकले यो प्रतियोगितामा सहभागी हुन सबै कलेजलाई आह्वान गरेको छ । आयोजकले आगामी वैशाख ६ गते भृकुटी मण्डपमा आयोजना हुने ऐतिहासिक प्रदर्शनी तथा मेलामा नेपाली खानाको मौलिकता, विविधता र यसको अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । उक्त कार्यक्रममा युरोप, दक्षिण अमेरिका लगायत ३६ वटा राष्ट्रबाट नेपाली सेफहरुको उल्लेखनीय सहभागिता जनाउने भएका छन् ।

यो मेलामा व्यावसायिक स्टल बुकिङ खुला रहेको जनाउँदै आयोजकले सीमित मात्रामा स्टलहरू भएकाले इच्छुक व्यक्ति तथा संस्थाले बुकिङ गर्न अनुरोध गरेको छ । स्टलमा नेपाली रैथाने खानालाई विशेष प्राथमिकता दिइने बताइएको छ । आज सम्पन्न पत्रकार सम्मेलनमा सेफ एसोसिएसनका पूर्व अध्यक्ष रत्न बहादुर थापा, कुलिनरी आर्ट्स कलेजका डाइरेक्टर आशिष महर्जन, कुलिनरी आट्र्स कलेजका किचेन डाइरेक्टर विष्णु श्रेष्ठ, नेपाली सेफ सोसाइटीका अध्यक्ष एलबी कौशल, वरिष्ठ उपाध्यक्ष बसन्त राई, उपाध्यक्ष शिवहरी घिमिरे, कोषाध्यक्ष विष्णु खत्रीलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनको भिडियो रिपोर्ट: 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…