५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय ग्याङस्टर ‘लरेन्स बिस्नोइ हुँ’ भन्दै फिरौती माग्ने बाँकेमा पक्राउ

२० चैत्र २०८१, बुधबार १२:१२

काठमाडौँ | भारतीय ग्याङ्स्टरको परिचय दिएर सामाजिक सञ्जालमार्फत धम्की दिई ठूलो रकम फिरौती माग्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको भेरीगंगा नगरपालिका–७, कोठघारी घर भएका ४१ वर्षीय रामबहादुर बुढाक्षेत्री हाल बाँकेको कोहलपुर–५ मा कोठा भाडामा बस्दै आएका थिए।

उनले विदेशी मोबाइल नम्बरको ह्वाट्सएप प्रयोग गरी फिरौती माग्दै आएका थिए। प्रहरीका अनुसार उनले आफूलाई भारतीय ग्याङ्स्टर लरेन्स बिस्नोई र अनमोल बिस्नोई बताउँदै ह्वाट्सएपबाट धम्की दिएका थिए। म्यासेजमार्फत पाँच करोड भारतीय रुपैयाँ मागिएको र नदिए जे पनि हुन सक्ने धम्की दिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनले प्रयोग गरेको मोबाइल बरामद भएको र विदेशी नम्बरबाट म्यासेज पठाएको पुष्टि भएको छ। थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले बताए।

लरेन्स बिस्नोई एक भारतीय ग्याङ्स्टर हुन्, जो सन् २०१४ देखि फिरौती र हत्या आरोपमा भारतीय कारागारमा छन्। उनमाथि पंजाबी गायक सिद्दु मुसेवालाको हत्या (२९ मे २०२२), अभिनेता सलमान खानलाई ज्यान मार्ने प्रयास र बाबा सिद्दीकीको हत्या जस्ता आरोप छन्। उनका भाइ अनमोल बिस्नोईले लरेन्स जेलमा रहेको समयमा व्यापारी र उद्योगीहरूलाई धम्की दिँदै फिरौती माग्ने गरेको प्रहरीको भनाइ छ।

पक्राउ परेका बुढाक्षेत्री यसअघि पनि विभिन्न अपराधमा संलग्न थिए। इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट २०६१ साउन २७ मा नेपाली युवतीलाई ललाईफकाई भारत लैजाने र जिउ मास्ने–बेच्ने उद्योग मुद्दा लागेको थियो। २०६२ चैत ८ मा झापा प्रहरीले उनलाई धम्की दिई चन्दा असुली गरेको मुद्दामा पक्राउ गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंबाट २०६४ भदौ ९ मा धम्की दिई मानिसलाई नियन्त्रणमा लिई ट्याक्सीमा राखेर फिरौती असुलेको, इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट २०६४ चैत २७ मा संविधानसभा निर्वाचनका उम्मेदवार ऋषि शर्मालाई सुर्खेतको लोधे भन्ने स्थानमा गोली हानी मारेको कर्तव्य ज्यान मुद्दा, र २०६५ चैतमा द्वन्द्वपीडित सेना–प्रहरीको आन्दोलनमा हतियार खोसेको मुद्दा लागेको छ।

यस्तै, कोटेश्वरको निखिलेश्वर मन्दिरमा शक्ति बहादुर बस्नेतलाई गोली हानेको मुद्दामा उनलाई पाँच वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। उक्त सजाय भुक्तान गरी २०७० फागुन २८ मा कारागारबाट छुटेका थिए। २०५९ मा नेपाल सेनामा भर्ना भएका उनी छोटो समयमै जागिर छाडेर भागेका थिए। त्यसपछि कुनै पेसामा संलग्न नभई विभिन्न समूहसँग मिलेर अपराधिक गतिविधि गर्दै आएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता