दलसिंह गिरी/साउन १९, कालिकोट ।  मान्म खाडाचक्रमा सदरमुकाम रहने गरी वि.स. २०३६ सालमा नेपालकै कान्छो जिल्लाको रुपमा स्थापना भएको कालिकोट जिल्ला सदरमुकाम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/साउन १९, कालिकोट ।  मान्म खाडाचक्रमा सदरमुकाम रहने गरी वि.स. २०३६ सालमा नेपालकै कान्छो जिल्लाको रुपमा स्थापना भएको कालिकोट जिल्ला सदरमुकाम "/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

आठौ दशकपछि बल्ल पाईन विष्णकलाले नागरिकता

१९ श्रावण २०७४, बिहीबार ०८:३१


दलसिंह गिरी/साउन १९, कालिकोट ।  मान्म खाडाचक्रमा सदरमुकाम रहने गरी वि.स. २०३६ सालमा नेपालकै कान्छो जिल्लाको रुपमा स्थापना भएको कालिकोट जिल्ला सदरमुकाम वासी विष्णकला शाहीले आफु जन्मेको ८ दशकपछि बल्ल नेपाली नागरिकताको परिचयपत्र लिनुभएको छ । 

नेपाली नागरिकताको परिचयपत्र पाउने जिल्लाकै एकमात्र स्थान जिल्ला प्रशासन कार्यालय आफ्नै वडामा रहदा पनि नागरिकता नलिएकी शाहीले ८७ बर्षको उमेरमा हिजो विहिवार मात्रै पहिलोचोटी नागरिकता लिनुभएको हो । 

जिल्ला सदरमुकाम रहेको खाडाचक्र नगरपालिका वडा नं. १ खाडाचक्रमै घर भएकी शाहीलाई जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले नागरिकता प्रदान गर्नु भएको छ । नेपाली नागरिकता नबनाएकै कारण राज्यबाट प्रदान गरिने जेष्ठनागरिक लगायतका सामाजिक सेवा लिन नपाएकी शाहीले अन्तत स्थानीय निकायको निर्वाचन पछि पहिलो चोटी नेपाली नागरिकताको परिचयपत्र लिनु भएको छ । 

नेपाली नागरिकताको परिचयपत्रका बारे पारिवारीक ब्यवास्थाका कारण आज सम्म नागरिकता लिन नपाएको शाही बताउनु हुन्छ । 

आफु पछिका संघिहरुले जेष्ठनागरिक भत्ता बुझेको कुरा सुनाउदा कटक्क मन छुने गरेको बताउने शाही बिगत ‘पञ्चायत देखि हाल सम्म भएका विभिन्न निर्वाचनमा समेत भोट दिन नपाएको बताउनु हुन्छ । 

जिल्ला सदरमुकाम रहेकै क्षेत्रमा त कतिपय मानिस नागरिकता परिचयपत्रको पहुँचमा छैनन् भने ग्रामिण स्तरको दुरदराजमा रहेका मानिसहरु कसरी नागरिकता परिचयपत्रको पहुँचमा होलान् भन्दै जिल्लाका केही जानकारहरु प्रतिप्रश्न गर्ने गरेका छन् । 

अब स्थानीय निकाय बाटै नागरिकता पाउने प्राब्धान सरकारले अगाडी बढाएका कारण तत्काल जिल्लाभर नागरिकता नपाएकाहरुको तथांक संकलन गरी घुम्तीशिविर संचालन गर्नुपर्ने सम्बन्धित निकायलाई सुझाबहरु समेत दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो