२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पानीको बोतल छोएको भन्दै शिक्षकद्वारा दलित विद्यार्थीको औंला भाँचियो

२०८१, २० चैत्र बुधबार १४:४१

भारत | भारतको उत्तर प्रदेशस्थित एउटा विद्यालयमा पानीको बोतल छोएको निहुँमा शिक्षकको क्रूरताले हद पार गरेको छ। शिक्षकले दलित विद्यार्थीलाई पानीको बोतल छोएको भन्दै अमानवीय तरिकाले कुटपिट गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार घटना गत शनिबारको हो। नरेन्द्र प्रताप सिंह मेमोरियल हाई स्कुलमा १२ कक्षामा पढ्ने निशान्तले कक्षाको टेबलमा राखिएको पानीको बोतल हातमा लिएका थिए। त्यसपछि रिसले आगो भएका शिक्षक मंगल सिंह शाक्यले निशान्तलाई जातीय गाली दिँदै कुटपिट गरेका हुन्।

उनले बोतल अछुत भएको भन्दै आक्रोश पोखेको बताइएको छ । उनको यातना यतिसम्म थियो कि कुटपिटबाट विद्यार्थीका दुई औंला भाँचिए। त्यो मात्रै नभएर यसबारे कसैलाई भनेमा भयानक परिणाम भोग्नुपर्ने धम्की समेत दिएको पीडित विद्यार्थीले जानकारी दिएका छन्।

निशान्तले भनेका छन्, ‘उसले मलाई जातीय शब्द प्रयोग गरेर गाली गर्यो। बिदाको समयमा, उसले मलाई कोठामा थुनेर कुटपिट गर्यो। उसले मेरा दुई औंला पनि भाँचिदियो।’ निशान्तको परिवारले प्रहरी चौकीमा उजुरी गर्न खोजे पनि सुरुमा दर्ता भएन।

त्यसपछि उनीहरूले मंगलबार कलेक्टर कार्यालयमा गएर एसपीलाई भेटे। एसपीको आदेशमा शिक्षकविरुद्ध मुद्दा दर्ता भएको छ। एससी/एसटीसहित आठ गम्भीर धारामा मुद्दा चलाइएको छ। शिक्षक अहिले फरार छन्। प्रहरीले उनलाई चाँडै पक्राउ गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा