१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानमारमा भूकम्पबाट अहिलेसम्म २८८६ जनाको मृत्यु

२० चैत्र २०८१, बुधबार १५:५३

काठमाडौँ | गत शुक्रबार म्यानमार र थाइल्याण्डमा गएको शक्तिशाली भूकम्पपछि ठूलो क्षति भएको छ ।

पछिल्लो विवरण अनुसार म्यान्मारमा मृत्यु हुनेको संख्या २८ सय नाघेको छ । म्यानमारको सरकारी मिडियाले भूकम्पबाट मृत्यु हुनेको संख्या २८८६ पुगेको जानकारी दिएको हो । त्यस्तै घाइते हुनेको संख्या ४६ सय ३९ पुगेको छ भने अझै ३७३ जना बेपत्ता रहेको जानकारी दिइएको छ । मृतक र घाइतेहरूको संख्या बढ्ने अनुमान गरिएको छ ।


भूकम्पबाट करिब ३५ लाख मानिस घरबार बिहिन बनेको मिडिया रिपोर्टमा उल्लेख छ ।

म्यानमारको सत्तारुढ सैन्य सरकारले देशमा एक हप्ताको राष्ट्रिय शोक घोषणा गरेको छ । समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार म्यानमारमा घोषणा गरिएको राष्ट्रिय शोक अप्रिल ६ सम्म जारी रहनेछ । यस समयमा झण्डा आधा झुकाइनेछ । शक्तिशाली भूकम्पपछि म्यानमारमा आपतकाल घोषणा गरिएको छ ।

मार्च २८ मा रेक्टर स्केलमा ७.७ म्याग्निच्युडको यस भूकम्पको केन्द्रबिन्दु म्यानमारको दोस्रो ठूलो शहर मन्डले नजिकै थियो । भूकम्पको धक्का महसुस भएको केही समयपछि ६.४ म्याग्निच्युडको भूकम्प पनि गएको र त्यसपछि सयौं परकम्पन गएका थिए ।

पहिलो दुई भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १० किलोमिटर तल थियो भने तेस्रो भूकम्प जमिनभन्दा २२.५ किलोमिटर तल गहिराइमा गएको थियो ।

अहिले युद्धस्तरमा राहत र उद्धारको काम भइरहेको छ । भूकम्पपछि अमेरिका, युरोपेली युनियन, भारत, चीन जस्ता देशले उद्धारका लागि सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव