२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेस सेन्टरले दियो पत्रकार सुरेश रजकको परिवारलाई १० हजार

२०८१, २१ चैत्र बिहीबार १५:५३

काठमाडौँ | प्रेस सेन्टर नेपालले तीनकुनेमा भएको राजावादी प्रदर्शनको क्रममा आगजनीमा परेर ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारसँग भेट गरेको छ ।घरमा पुगेर सेन्टरका पदाधिकारीहरूले रजक प्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

सेन्टरका नवनिर्वाचित अध्यक्ष कमल गिरीको नेतृत्वमा निवर्तमान महासचिव सन्तोष पौडेल र नवनिर्वाचित महासचिव मनोज घर्तीमगर सहितको टोली बिहीबार रजकको घरमा पुगेको हो ।

त्यसक्रममा अध्यक्ष गिरीले रजकको मृत्यु नभएर हत्या भएको बताउँदै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने आफूहरू पनि माग रहेको बताए |

रिपोर्टिङको क्रममै ज्यान गएकोले रजकलाई शहीद घोषणा गर्नुपर्ने र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने परिवारजनको माग छ । अध्यक्ष गिरीले आफूहरू परिवारजनको साथमा रहेको र रजकको न्यायका लागि संगठनको ऐक्यबद्धता रहने बताए ।

प्रेस सेन्टरले रजकको परिवारलाई १० हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश