श्याम थापा/साउन १९, नवलपरासी । जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिको सिमानामा पर्ने धोबाहा खोलामा पुल नबन्दा स्थानिय बासीहरुलाई आवात जावत गर्नमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

श्याम थापा/साउन १९, नवलपरासी । जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिको सिमानामा पर्ने धोबाहा खोलामा पुल नबन्दा स्थानिय बासीहरुलाई आवात जावत गर्नमा"/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको धोबाहा खोलामा पुल नबन्दा स्थानियहरुलाई आवत जावतमा सास्ती

२०७४, १९ श्रावण बिहीबार ११:०५


श्याम थापा/साउन १९, नवलपरासी । जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिको सिमानामा पर्ने धोबाहा खोलामा पुल नबन्दा स्थानिय बासीहरुलाई आवात जावत गर्नमा सास्ती खेप्न परिरहेको छ । 

धोबाहा खोला साविकको गुठ्ठिप्रसौनी गा.बि.स र साविक पकलिहवा गा.बि.सको सिमाना मानिने गरिन्थयो । हाल प्रतापपुर गाउँपालिकाको वडा न.७ र सुस्ता गाउँपालिकाको वडा न.५ को सिमाना मानिने गरिन्छ । सो धोबाहा खोलामा पुल नबन्दा पकलिहवाको स्थानियबासीहरु गुठ्ठिप्रसौनी तर्फ र गुठ्ठिप्रसौनीका स्थानियहरु पकलिहवा तर्फ आवात जावत गर्नको लागी खोलामा पानी तरेर हिडनु बाध्य परेको सुस्ता गाउँपालिका वडा न.५ बस्ने रब्बुल मियाले बताएका छन । 

मानिसहरुलाई हिडडुल गर्न मात्र नभै कोही बिरामी भएको बखतमा बिरामीहरुलाई कुडिया हुदै लैजानु पर्ने बाध्यता रहेको स्थानियहरुले गुनासो पनि गरेका छन । सुस्ता गाउँपालिकाको वडा न.५ साविक पकलिहवा गा.बि.स मा उच्च शिक्षा हासिल गर्नको लागी बिद्यालय नरहेको हुदा पकलिहवाका बिधार्थीहरु एस.ई.ई पास गरि सकेपछि कक्षा ११ र १२ कक्षा अध्ययन गर्नको लागी साविक गुठ्ठिप्रसौनी गा.बि.समा रहेको जनजागृती मा.बि.र प्रतापपुर गाउँपालिकाको बेलाटारीमा रहेको त्रिभुवन क्याम्पस बेलाटारीमा पढन जानु पर्छ । यति खेर धोबाहा खोलामा पानी तन्न भरिएको छ । 

धोबाहामा पानी तन्न भएको कारणले गर्दा बिधार्थीहरु पढन जान पनि नेपालको सिमा नजिकै भारत उत्तर प्रदेशको बहुवार बजार हुदै जानु पर्ने बाध्य रहेको कक्षा १२ मा अध्ययनरत छात्रा सिद्धु भेडिहारले बताएकी छिन । धोबाहा खोलामा राष्ट्रिय जनता पार्टीका केन्द्रिय सह अध्यक्ष एवम पुर्व भौतिक योजना तथा यातायात ब्यवस्था मन्त्री हृदेश त्रिपाठीले पुल बनाउनको लागी सिलन्यास पनि गर्नु भएको थियो । तर त्यो सिलन्यासमा मात्र रहयो । 

नेता त्रिपाठीले सिलन्यास गरेको करिब ४ बर्ष बित्दा पनि हाल सम्म त्यो ठाउँमा पुल बनेको छैन । धोबाहा खोला नेता त्रिपाठी र क्षेत्र न.६का माननिय सासंद देवकरण कलवारको घर नजिकै पर्ने खोला पनि हो । उत्त धोबाहा खोलामा पुल बनाउनको लागी दुबै नेताहरुको ध्यान नहरेको भन्दै स्थानियबासीहरुले आरोप पनि लगाएका छन । स्थानिय बुढापाकाहरुको भनाई अनुसार सनः ६२ मा नारायणी नदीमा भिषण बाढी आउदा साविक पकलिहवा गा.बि.स र साविक नर्सही गा.बि.स लाई डुबाउन थालेपछि स्थानियबासीहरुले भारतले बनाएको नेपाल बाधलाई तोडन परेको बताउ छन । 

त्यती खेर तोडेको बाधमा पुल बनाउन गण्डक समझौता अनुसार भारतले हो तर हाल सम्म नत भारतले पुल बनाएको छ भने नत नेपाल सरकारले बर्षेनी खोला तर्न पर्ने हुदा स्थानियबासीले नेताहरुलाई पनि गाली गर्ने गरेका छन । भने सरोकारवाला निकायहरुलाई आफुहरुको समस्यालाई छिटै समाधान गरिदिनको लागी स्थानियबासीहरुले आग्रह पनि गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी