श्याम थापा/साउन १९, नवलपरासी । जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिको सिमानामा पर्ने धोबाहा खोलामा पुल नबन्दा स्थानिय बासीहरुलाई आवात जावत गर्नमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

श्याम थापा/साउन १९, नवलपरासी । जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिको सिमानामा पर्ने धोबाहा खोलामा पुल नबन्दा स्थानिय बासीहरुलाई आवात जावत गर्नमा"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको धोबाहा खोलामा पुल नबन्दा स्थानियहरुलाई आवत जावतमा सास्ती

१९ श्रावण २०७४, बिहीबार ११:०५


श्याम थापा/साउन १९, नवलपरासी । जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिको सिमानामा पर्ने धोबाहा खोलामा पुल नबन्दा स्थानिय बासीहरुलाई आवात जावत गर्नमा सास्ती खेप्न परिरहेको छ । 

धोबाहा खोला साविकको गुठ्ठिप्रसौनी गा.बि.स र साविक पकलिहवा गा.बि.सको सिमाना मानिने गरिन्थयो । हाल प्रतापपुर गाउँपालिकाको वडा न.७ र सुस्ता गाउँपालिकाको वडा न.५ को सिमाना मानिने गरिन्छ । सो धोबाहा खोलामा पुल नबन्दा पकलिहवाको स्थानियबासीहरु गुठ्ठिप्रसौनी तर्फ र गुठ्ठिप्रसौनीका स्थानियहरु पकलिहवा तर्फ आवात जावत गर्नको लागी खोलामा पानी तरेर हिडनु बाध्य परेको सुस्ता गाउँपालिका वडा न.५ बस्ने रब्बुल मियाले बताएका छन । 

मानिसहरुलाई हिडडुल गर्न मात्र नभै कोही बिरामी भएको बखतमा बिरामीहरुलाई कुडिया हुदै लैजानु पर्ने बाध्यता रहेको स्थानियहरुले गुनासो पनि गरेका छन । सुस्ता गाउँपालिकाको वडा न.५ साविक पकलिहवा गा.बि.स मा उच्च शिक्षा हासिल गर्नको लागी बिद्यालय नरहेको हुदा पकलिहवाका बिधार्थीहरु एस.ई.ई पास गरि सकेपछि कक्षा ११ र १२ कक्षा अध्ययन गर्नको लागी साविक गुठ्ठिप्रसौनी गा.बि.समा रहेको जनजागृती मा.बि.र प्रतापपुर गाउँपालिकाको बेलाटारीमा रहेको त्रिभुवन क्याम्पस बेलाटारीमा पढन जानु पर्छ । यति खेर धोबाहा खोलामा पानी तन्न भरिएको छ । 

धोबाहामा पानी तन्न भएको कारणले गर्दा बिधार्थीहरु पढन जान पनि नेपालको सिमा नजिकै भारत उत्तर प्रदेशको बहुवार बजार हुदै जानु पर्ने बाध्य रहेको कक्षा १२ मा अध्ययनरत छात्रा सिद्धु भेडिहारले बताएकी छिन । धोबाहा खोलामा राष्ट्रिय जनता पार्टीका केन्द्रिय सह अध्यक्ष एवम पुर्व भौतिक योजना तथा यातायात ब्यवस्था मन्त्री हृदेश त्रिपाठीले पुल बनाउनको लागी सिलन्यास पनि गर्नु भएको थियो । तर त्यो सिलन्यासमा मात्र रहयो । 

नेता त्रिपाठीले सिलन्यास गरेको करिब ४ बर्ष बित्दा पनि हाल सम्म त्यो ठाउँमा पुल बनेको छैन । धोबाहा खोला नेता त्रिपाठी र क्षेत्र न.६का माननिय सासंद देवकरण कलवारको घर नजिकै पर्ने खोला पनि हो । उत्त धोबाहा खोलामा पुल बनाउनको लागी दुबै नेताहरुको ध्यान नहरेको भन्दै स्थानियबासीहरुले आरोप पनि लगाएका छन । स्थानिय बुढापाकाहरुको भनाई अनुसार सनः ६२ मा नारायणी नदीमा भिषण बाढी आउदा साविक पकलिहवा गा.बि.स र साविक नर्सही गा.बि.स लाई डुबाउन थालेपछि स्थानियबासीहरुले भारतले बनाएको नेपाल बाधलाई तोडन परेको बताउ छन । 

त्यती खेर तोडेको बाधमा पुल बनाउन गण्डक समझौता अनुसार भारतले हो तर हाल सम्म नत भारतले पुल बनाएको छ भने नत नेपाल सरकारले बर्षेनी खोला तर्न पर्ने हुदा स्थानियबासीले नेताहरुलाई पनि गाली गर्ने गरेका छन । भने सरोकारवाला निकायहरुलाई आफुहरुको समस्यालाई छिटै समाधान गरिदिनको लागी स्थानियबासीहरुले आग्रह पनि गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो