Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनौला हजारका महिला लाई बाख्रा र चल्ला बितरण

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

नन्द बहादुर रोकाया/साउन १९, मुगु । जिल्ला पशुसेवा कार्यलय मुगुले सुनौला हजारका महिला हरु लाई बाख्रा र चल्ला बितरण गरेको छ ।

बहुक्षेत्रिय पोषण आयोजना अन्तरगत कार्यलयले जिल्लाका साविकका सात गाबिसका सुनौला हजारका महिला हरु लाई बाख्रा तथा चल्ला बितरण गरेको हो । जिल्लामा ल्याईएका ६० वटा बाख्रा र १००० कुखुराका चल्ला सुनौला हजारका महिला हरु लाई बितरण गरीएको जिल्ला पशुसेवा कार्यलयका नि कार्यलय प्रमुख भिमचन्द्र बुढाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका साविकाका कार्काीवाडा,पुलु,किम्री गाबिसका ६० जना सुनौला हजारका महिला हरु लाई प्रती महिला एकका दरले ६० बाख्रा तथा साविकाका गम्था,श्रीकोट,कोटडाँडा र सुकाढीक गाबिसका १४० महिलाहरु लाई प्रति महिला सात का दरले ९८० कुखुराका चल्ला बितरण गरीएको र ल्याउदा ल्याउदै २० कुखुरा चल्ला मरेका नि प्रमुख बुढाको भनाई छ ।

जिल्लामा बहुक्षेत्रीय पोषण आयोजना कार्यक्रम अन्तरगत जिल्ला पशुसेवा कार्यलयले ९० प्रतिशत काम गरी सकेको र बाँकी १० प्रतिशत काम यसै महिना भित्र गरी सक्ने कार्यलयले जनाएको छ ।