साउन १९, नुवाकोट । यहाँस्थित तलेजु भवानीको मन्दिर वर्षाले गर्दा भत्किएको छ । 

विदुर नगरपालिका वडा नं २ नुवाकोट दरबार क्षेत्रमा रहेको तीन सय व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १९, नुवाकोट । यहाँस्थित तलेजु भवानीको मन्दिर वर्षाले गर्दा भत्किएको छ । 

विदुर नगरपालिका वडा नं २ नुवाकोट दरबार क्षेत्रमा रहेको तीन सय व"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको तीन सय वर्ष पुरानो तलेजु भवानी मन्दिर भत्क्यो

२०७४, १९ श्रावण बिहीबार १२:४७


साउन १९, नुवाकोट । यहाँस्थित तलेजु भवानीको मन्दिर वर्षाले गर्दा भत्किएको छ । 

विदुर नगरपालिका वडा नं २ नुवाकोट दरबार क्षेत्रमा रहेको तीन सय वर्ष पुरानो धार्मिक महत्वको मन्दिरको पूर्वी भाग वर्षाको कारण भत्किएको हो । विसं २०७२ वैशाख १२ को भूकम्पको कारण जीर्ण बनेको मन्दिर समयमा मर्मतसम्भार नहुँदा पूर्वी पाखाबाट भत्किन थालेको हो । 

मल्लकालीन सो मन्दिर जीर्ण भएका कारण पछिल्लो समय प्लाष्टिकले छोपेर राखिएको थियो । पाँचतले मन्दिरको माथिल्लो तला भूकम्पको कारण भत्किएकाले एक तला हटाएर चार तलामा प्लाष्टिकले छोपेर राखिएको थियो । अहिले प्लाष्टिक पनि च्यातिएर पानी पसेपछि मन्दिर भत्किन थालेको हो । चार वर्षअघि चट्याङका कारण मन्दिरको गजुर भत्किएको थियो । 

भूकम्पका कारण झनै जीर्ण मन्दिरलाई बेलैमा जीर्णोद्धार गर्न ध्यान नपुग्दा जगैसम्म भत्कने अवस्थामा पुगेको नुवाकोट दरबार क्षेत्रका द्वारे महेन्द्रकुमार शाहीले बताउनुभयो । 

मन्दिरको मर्मतका लागि पुरातत्व विभागलाई पटक पटक भन्दा पनि चासो नदिइएका कारण मन्दिर भत्किएको नुवाकोट सम्पदा संरक्षण मञ्चका अध्यक्ष पुष्कर शर्मा रिमालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो