साउन १९, नुवाकोट । यहाँस्थित तलेजु भवानीको मन्दिर वर्षाले गर्दा भत्किएको छ । 

विदुर नगरपालिका वडा नं २ नुवाकोट दरबार क्षेत्रमा रहेको तीन सय व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १९, नुवाकोट । यहाँस्थित तलेजु भवानीको मन्दिर वर्षाले गर्दा भत्किएको छ । 

विदुर नगरपालिका वडा नं २ नुवाकोट दरबार क्षेत्रमा रहेको तीन सय व"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको तीन सय वर्ष पुरानो तलेजु भवानी मन्दिर भत्क्यो

१९ श्रावण २०७४, बिहीबार १२:४७


साउन १९, नुवाकोट । यहाँस्थित तलेजु भवानीको मन्दिर वर्षाले गर्दा भत्किएको छ । 

विदुर नगरपालिका वडा नं २ नुवाकोट दरबार क्षेत्रमा रहेको तीन सय वर्ष पुरानो धार्मिक महत्वको मन्दिरको पूर्वी भाग वर्षाको कारण भत्किएको हो । विसं २०७२ वैशाख १२ को भूकम्पको कारण जीर्ण बनेको मन्दिर समयमा मर्मतसम्भार नहुँदा पूर्वी पाखाबाट भत्किन थालेको हो । 

मल्लकालीन सो मन्दिर जीर्ण भएका कारण पछिल्लो समय प्लाष्टिकले छोपेर राखिएको थियो । पाँचतले मन्दिरको माथिल्लो तला भूकम्पको कारण भत्किएकाले एक तला हटाएर चार तलामा प्लाष्टिकले छोपेर राखिएको थियो । अहिले प्लाष्टिक पनि च्यातिएर पानी पसेपछि मन्दिर भत्किन थालेको हो । चार वर्षअघि चट्याङका कारण मन्दिरको गजुर भत्किएको थियो । 

भूकम्पका कारण झनै जीर्ण मन्दिरलाई बेलैमा जीर्णोद्धार गर्न ध्यान नपुग्दा जगैसम्म भत्कने अवस्थामा पुगेको नुवाकोट दरबार क्षेत्रका द्वारे महेन्द्रकुमार शाहीले बताउनुभयो । 

मन्दिरको मर्मतका लागि पुरातत्व विभागलाई पटक पटक भन्दा पनि चासो नदिइएका कारण मन्दिर भत्किएको नुवाकोट सम्पदा संरक्षण मञ्चका अध्यक्ष पुष्कर शर्मा रिमालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो