केही समय यता देखि लगातार रुप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... केही समय यता देखि लगातार रुप"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा सदरमुकाममा टमाटरको अभाव, व्यापारीको मनपरी भाउ

१९ श्रावण २०७४, बिहीबार १६:०६

साउन १९, डडेलधुरा | डडेल्धुरामा उत्पादित टमाटर बाह्य जिल्लामा निर्यात हुन थालेपछि जिल्ला सदरमुकाममै टमाटरको अभाव देखिन थालेको छ ।

केही समय यता देखि लगातार रुपमा यस क्षेत्रमा उत्पादित टमाटर तराईका जिल्लाहरु तर्फ निर्यात हुन थालेपछि बजारमा टमाटरको मुल्य आकासिएको हो ।

महङ्गोमा खरिद गरेको बताउदै ब्यापारीहरुले मनपरि रुपमा तरकारीको मुल्य बढाएर बिक्रि गर्न थाले पछि उपभोक्ताहरु निकै मारमा परेका छन । बाह्य जिल्लामा निर्यात गरेपछि ठूलो रकम हातपार्दा यस क्षेत्रका कृषकहरुले डडेल्धुरा जिल्ला बाहिर बिक्रि गर्न थालेका हुन ।

टमाटरको पकेट क्षेत्र बगरकोट, कारीगाँउ, पोखरा लगायतका अन्य ठाँउहरुबाट दैनिक रुपमा सङ्कलन गरेर दर्जनौ तरकारीगाडी तराईका जिल्ला कैलाली कञ्चनपुर पठाउने गरेका छन । दैनिक रुपमा गाँउबाट आउने तरकारी बजारमै पुग्न नदिई बिच बाटोबाटै मुल्य बढाएर टमाटर बिक्रि गरेपछी यस क्षेत्रका उपभोक्ता मारमा परेका हुन । कतिपय ब्यापारीहरुले नै टमाटर नपाएर व्यापारमा समस्या आएको गुनासो समेत गरेका छन ।

जिल्ला सदरमुकाममा अहिले टमाटरको मुल्य प्रति केजी ८० देखि सय रुपैँया सम्म छ । तरकारीको मुल्य दैनिक रुपमा आकासिदै गए पछि ग्राहकले ठुलो मार खेप्न परेको स्थानीय मनोज भट्टले बताएका छन ।

गाँउमा उत्पादित टमाटर बजार नपुगि बिच बाटोबाटै अन्य जिल्ला पठाउने गरेका कारण जिल्लामा तरकारीको दैनिक अभाव समेत हुन थालेको छ । महङ्गो मुल्यमै खरिद गर्ने गरेपनि बजारमा टमाटरको अभाव हुन थालेको हो ।

डडेल्धुराको अमरगढी नगरपालिकाका वडाहरुमा वडा परिषदहरु शुरु ।।

वडा सम्मेलन सम्पन्न स्थानीय स्तरका योजना तर्जुमा गर्न डडेल्धुराको अमरगढी नगरपालिकाका वडाहरुमा वडा परिषदहरु शुरु भएका छन ।

दुई दशक पछि सम्पन्न भएको स्थानीय तहको निर्वाचन पछि डडेल्धुरा जिल्लाका स्थानीय तह अन्र्तगत जिल्लाको अमरगढी नगरपालिकाका ११ वटै वडाहरु मध्ये विहिवार वडा नं. २, ४ र ६ मा वडा सम्मेलन शुरु भएका छन ।

स्थानीय सरकार, हाम्रो सरोकार भन्ने मूल मर्मका साथ शुरु भएको वडा नं.२ को परिषदमा वडाध्यक्ष मनोरथ खडायतको अध्यक्षता र नगर प्रमुख बिश्वेश्वर प्रसाद ओझाको प्रमुख आथित्यतामा उद्घाटन समारोह सम्पन्न भएको हो |

परिषद्मा वडा नं. २ अन्र्तगतका सर्बसाधारण जनताले आफ्ना गाउँ समुदायमा आबश्यक बिभिन्न योजना तथा कार्यक्रमको माग राख्दै नवनिर्वाचित जनप्रतिनिधिलाई सम्बोधन गरि दिन बिशेष आग्रह पनि गरेका छन । संघिय लोकतान्त्रिक संबिधान अनुसार स्थानीय सरकारको रुपमा रहेको स्थानीय तह अनुसार योजना तर्जुमा गर्ने नयाँपन जस्तो देखिने सम्मेलन भएकोले स्थानीयबासीको उल्लेख्य सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो