साउन १९, सिरहा | अबिरल बर्षाले मिर्चैयामा निर्माणाधिन नाला भत्केका छन् । बुधबार देखि भईरहेको अबिरल बर्षाको कारणले मिर्चैयामा संचालन नहुँदै नाला भत्किएको छ । पुर्र्व पश्च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १९, सिरहा | अबिरल बर्षाले मिर्चैयामा निर्माणाधिन नाला भत्केका छन् । बुधबार देखि भईरहेको अबिरल बर्षाको कारणले मिर्चैयामा संचालन नहुँदै नाला भत्किएको छ । पुर्र्व पश्च"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा संचालन नहुँदै नाला भत्कियो

१९ श्रावण २०७४, बिहीबार १६:१०


साउन १९, सिरहा | अबिरल बर्षाले मिर्चैयामा निर्माणाधिन नाला भत्केका छन् । बुधबार देखि भईरहेको अबिरल बर्षाको कारणले मिर्चैयामा संचालन नहुँदै नाला भत्किएको छ । पुर्र्व पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिका ५ मा निर्माणाधिन नाला संचालन नहुँदै भत्केकोले ठेक्केदारमाथी प्रश्न चिन्ह उठेको छ । जिल्ला समन्वय समिति सिरहासंग भएको सम्झौता अनुसार करीब ३४ लाखको बजेटमा १ सय ७५ मिटर नाला निर्माण गरेको उपभोक्ता समितिका सचिब दिनेश साहले बताए । भत्किएको नाला पुनः निर्माण गर्न जिल्ला समन्बय समिति सिरहासंग छलफल गर्ने सचिब साहले बताए । सचिब साहले उपभोक्ता समितिसंग बाँकी रहेको केहि रकमले पनि भत्किएको नाला निर्माण गर्न छलफल गर्ने जनाए । 

यता, मिर्चैया थाना चौकदेखि बजार जाने बाटोमा निर्माणाधिन नाला अत्याधिक बर्षाले भत्किएको छ । मिर्चैया नगरपालिकासंग करीब ३९ लाखमा मिर्चैयाको थाना चौकदेखि बजार जाने बाटोमा करीब ४ सय मिटर नाला निर्माण गर्न ठेक्का पाएका श्री शक्ति निर्माण कन्ट्रक्सनले सम्झौता अनुसार काम गरिरहेको बताएका छन् । नाला निर्माण गर्ने क्रममा थाना चौकमा स्थानियले घर नभत्काएकोले काम गर्न समस्या भईरहेको कन्ट्रक्सनका प्रतिनिधि संतोष साहले बताए । भत्किएको नाला पुनः बनाउने प्रतिनिधि साहले थपे । 

मिर्चैया नगरपालिकाको मुख्य राजमार्ग क्षेत्रमै नाला निर्माणमा निर्माण व्यावसायीले हदैसम्मको कमसल काम गर्ने गरेकोले संचालन नहुँदै भत्किएको स्थानियले आरोप लगाएका छन् । सम्झौता अनुसार ठिकेदारले काम नगरेकोले  कामको छानबिन गर्न स्थानियहरुले माँग गरेका छन् ।

मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्कीले पानीको भार थेग्न नसकेर नाला भत्किएको प्रतिक्रिया दिएका छन् । भत्किएको स्थानमा फेरी  मर्मत हुने समेत अधिकृत कार्कीले बताए । नाला निर्माणमा कुनै किसिमको कमजारी नरहेको भन्दै पानीको बहाब बढी भएकोले भत्किएको मिर्चैया नगरपालिकाका इन्जिनियर राजेश गुप्ताले दाबी गरेका हु्न् । नाला निर्माण गर्ने क्रममा थाना चौकदेखि बजार जानेबाटोमा स्थानियहरुले घर नतोडेकोले पानीको निकास नहुँदा नाला भत्किएको इन्जिनियर गुप्ताले स्पष्ट गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो