९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

हत्या आरोपमा दोलखाका २२ बर्षीय युवक पक्राउ

२० श्रावण २०७४, शुक्रबार ०४:०८

साउन २०, चरिकोट । कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्न गएका विनोद धनुकेलाई हत्या गरेको अभियोगमा दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोटका २२ वर्षीय प्रवीण खड्कालाई प्रहरीले पक्राउ गरेको छ । 

कालिञ्चोक दर्शन गर्न गएका भीमेश्वर नगरपालिका हाल वडा नम्बर ३ बस्ने विनोदलाई २०६८ साल मङ्सिर १० गते कर्तव्य गरी मारेको अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका विनोदका भाञ्जा विक्रम विकलाई अनुसन्धानपश्चात् सोही घटनामा संलग्न रहेको भन्दै प्रहरीले प्रवीणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो । 

प्रहरीले विक्रमलाई पक्राउ गरेपछि प्रवीण खड्का फरार रहेको र बुधबार राति काठमाडाँैबाट पक्राउ गरी चरिकोट ल्याइएको पनि जनाएको छ । 

खड्काले दोलखाका उद्योगी–व्यापारीलाई पनि फोनमार्फत धम्की दिई पैसा असुल्ने गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । उनलाई पक्राउ गरेसँगै कर्तव्यज्यान मुद्दामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो