२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

बाग्लुङ्गमा पहिरोमा पुरिएर एकको मृत्यु, ६ जना बेपत्ता

२० श्रावण २०७४, शुक्रबार ०६:४४

प्रेम सुनार/साउन २०, गुल्मी । दुई दिन देखी परेको अविरल  वर्षा सँगै आएको पहिरोले  गुल्मीको छिमेकी जिल्ला बाग्लुङ्गमा पहिरोले पुरिएर  एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।  

ढोरपाटन नगरपालिका वडा नं।–५ , साविक अधिकारीचौर गाविस वडा नं– ८ पाखापानीमा आज विहान पहिरोले घर पुरिदा एक जनाको ज्यान गएको छ । त्यस्तै  स्थानिय होमबहादुर विश्वकर्माको घर भन्दा माथिबाट झरेको पहिरोले घर पुरिदा ५५ बर्षिय होम बहादुर विश्वकर्मा बेपत्ता भएका छन् । 

 आज विहान करिव ३ बजेर ३० मिनेटको समयमा सुतिरहेको अवस्थामा घरभन्दा माथिबाट पहिरो झर्दा घर सहित विश्वकर्मालाई पुरेको हो । अहिले घटना स्थलमा ईलाका प्रहरी कार्यलय बुर्तिबाङबाट उद्धार टोली त्यहाँ पुगेको छ ।

बागलुङ जिल्ला निसिखोला गाउँपालिका वडा नम्बर(२ बाहुनगाउँ स्थित घरको माथीबाट पहिरो खस्दा घर पुरिएर सोही घरका मनिमान छन्त्याल उनकी श्रीमती, बुहारी र कान्छी छोरी बेपत्ता भएका छन् ।   निसीखोला( १ देविस्थानका लालबहादुर सिँजालीको घर पहिरोले बगाउदा एक जना वेपत्ता भएका छन् ।

यसैगरी निसीखोला( २ उपल्लो बेग्रेका लालसिँह विकको घर पहिरोले पुरेको छ भने मालमेला भन्ने ठाउका प्रेम विकको घर बगाउदा परिवार विस्थापित बनेको झिवाखोला प्रहरी चौकीका प्रनानि रिनबहादुर बैदवारले जानकारी दिएका छन् । 

त्यस्तै निसीखोला  गाउँपालि वडा नं– ४ मा रहेको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको मुहान खोलाले बगाउँदा १ हजार ६५ घरधुरीका उपभोत्ताहरु अँध्यारोमा बस्न बाध्य भएका छन् ।

हिजो देखि परेको अविरल वर्षको कारण खोलाको बहाव बढेर आएर कुलाको मुहान बगाइदिएको म्यानेजर राम प्रसाद चालिसेले जानकारी दिए । बिद्युत अवरोध हुदा त्यहाँका एक दर्जन भन्दा बढी फर्निचर, ग्रील उद्योग लगाएतका घरेलु उद्योगहरु ठप्प भएका छन् ।

यसैवीच, निसीखोला किनारमा रहेको देविस्थान स्वास्थ्य चौकी बाढीको उच्च जोखिममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस