साउन २०, नवलपरासी । पहिरो खस्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने क्षेत्रमा केहीबेरअघिबाट एकतर्फीरुपमा सवारीसाधन सञ्चालनमा आएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २०, नवलपरासी । पहिरो खस्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने क्षेत्रमा केहीबेरअघिबाट एकतर्फीरुपमा सवारीसाधन सञ्चालनमा आएको "/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको दाउन्ने क्षेत्रमा अवरुद्ध राजमार्ग बाह्र घण्टापछि एकतर्फीरुपमा सञ्चालन

२० श्रावण २०७४, शुक्रबार ०८:२०


साउन २०, नवलपरासी । पहिरो खस्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने क्षेत्रमा केहीबेरअघिबाट एकतर्फीरुपमा सवारीसाधन सञ्चालनमा आएको छ । 

दाउन्ने पहाडका ठूलाठूला पहिरो सडकमा खसेका कारण गएरातिदेखि अवरुद्ध बनेको राजमार्गको पहिरो हटाएपछि एकतर्फीरुपमा सवारीसाधन सञ्चालनमा आएको प्रहरीले जनाएको छ । अहिले पनि सो क्षेत्रमा पहिरो हटाउने क्रम जारी छ । 

सडक विभागले बाँकी पहिरो हटाएर सडक दुईतर्फीरुपमा सञ्चालन गर्ने तयारीमा भएपनि धेरै स्थानमा पहिरो खसेका कारण समस्या भएको छ । 

दाउन्नेका विभिन्न स्थानमा पहिरो खसेपछि गएरातिदेखि सो क्षेत्रमा सयौँ सवारीसाधन सहित हजारौँ यात्रु अलपत्र परेका थिए । दाउन्नेमा रहेको प्रहरी चौकीदेखि करिब ५० मिटर पश्चिमको भागमा वर्षाका कारण सबैभन्दा ठूलो पहिरो खसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो