बाग्लुङ/अविरल वर्षापछि आएको पहिरोले ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा शुक्रबार बिहान तीन घर पुरिएर ती"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  बाग्लुङ/अविरल वर्षापछि आएको पहिरोले ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा शुक्रबार बिहान तीन घर पुरिएर ती"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पहिरोमा पुरिएर ३ को मृत्यु, ४ जना वेपत्ता

२० श्रावण २०७४, शुक्रबार ०९:१८

 बाग्लुङ/अविरल वर्षापछि आएको पहिरोले ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा शुक्रबार बिहान तीन घर पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर एकै घरका ४ जना वेपत्ता भएका छन् ।

पहिरोले घर बगाउँदा पुरिएर मृत्यु हुनेहरुमा ढोरपाटन नगरपालिका ५ का करिब ५३ बर्षीय प्रकाश कामी, निसीखोला २ का ६५ वर्षीय मनिमान छन्त्याल र निसीखोला १ भुल्दीकी एक वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ । मनिमानसहित ४ जना पहिरोमा पुरिएकोमा अन्यको खोजी भइरहेको र जीवितै उद्धार गर्न सकिने सम्भावना न्युन रहेको उद्धारमा खटिएका ढोरपाटन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नारायण शर्माले बताए । मनिमान, उनकी श्रीमती ६३ वर्षीया नन्दकली, १८ वर्षीया छोरी गीता र २२ वर्षीया बुहारी विन्दु समेत पहिरोमा पुरिएकोले पहिरो पन्छाउने कार्य भइरहेको उनले जानकारी दिए ।

घरमाथिबाट पहिरो आएर घर पुरिएपछि उनीहरुको मृत्यु भएको हो । ढोरपाटन र निसीखोलामा करिब १ दर्जन घरहरु बगाएकोले उनीहरु छिमेकीको घरमा शरण लिएर बस्नु पर्ने अवस्था रहेको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । निसीखोला दोस्रो लघु जलविद्युत् आयोजनाको कुलो समेत बडीगाड खोलाले बगाउँदा उक्त क्षेत्रका करिब १ हजार घरधुरी अन्धकारमा बस्नु पर्ने अवस्था रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो