ताराबहादुर महत । श्रावण २०, दोलखा । चरिकोटमा जुवातास खेलिरहेको अवस्थामा नौ जना जुवाडे पक्राउ परेका छन । गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भिमेश्वर नगरपालिका वडा नम्बर ३ चरिकोट बजारमा रहेको गौरीशंकर बोर्डिङसँगै रहेको चन्द्रबहाद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण २०, दोलखा । चरिकोटमा जुवातास खेलिरहेको अवस्थामा नौ जना जुवाडे पक्राउ परेका छन । गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भिमेश्वर नगरपालिका वडा नम्बर ३ चरिकोट बजारमा रहेको गौरीशंकर बोर्डिङसँगै रहेको चन्द्रबहाद"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा नौ जुवाडे पक्राउ,लाखौं रुपैँया बरामद

२० श्रावण २०७४, शुक्रबार १५:०१

ताराबहादुर महत । श्रावण २०, दोलखा । चरिकोटमा जुवातास खेलिरहेको अवस्थामा नौ जना जुवाडे पक्राउ परेका छन । गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भिमेश्वर नगरपालिका वडा नम्बर ३ चरिकोट बजारमा रहेको गौरीशंकर बोर्डिङसँगै रहेको चन्द्रबहादुर भुजेलको घरबाट उनीहरुलाई आज पक्राउ गरेको जनाईएको छ ।

पक्राउ पर्नेहरु भिमेश्वर नगरपालिका वडा नम्बर ३ चरिकोट बजारका गणेश कायस्थ, चन्द्रबहादुर भुजेल, विमलकुमार श्रेष्ठ, इश्वर बस्नेत, प्रकाश श्रेष्ठ रहेका छन । त्यसै गरी भिमेश्वर नगरपालिका वडा नम्बर २ का श्यामकृष्ण बुढाथोकी र तिलकबहादुर थापा, गौरीशंकर गाउँपालिका वडा नम्बर ८ का अर्जुुन श्रेष्ठ र रामेछापको मन्थली नगरपालिका वडा नम्बर १३ का राजकुमार चौहान पनि पक्राउ परेका छन ।

जुवातासको खालबाट प्रहरीले १ लाख २७ हजार ६५ नेपाली रुपैँया र १ हजार ३ सय ६० भारतिय रुपैँया र चार बुक तास बरामद गरेको दोलखाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । पक्राउ परेकाहरुमाथि अनुसन्धान भईरहेको उहाँको भनाई छ ।

पछिल्लो समय फरार अभियुक्त पक्राउ, गाँजा तथा घरेलु मदिरा नष्ट, मानव बेचबिखन र जुवतास जस्ता अपराधिक गतिविधि नियन्त्रणमा दोलखा प्रहरीको सक्रियता बढेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो