राजनितिक आस्थामा विभाजित हुँदा काम गर्न सकिएन: मानवअधिकारकर्मी

Posted on: 05 Aug, 2017


ताराबहादुर महत । श्रावण २१, दोलखा । राजनितिक आस्थाका आधारमा विभिाजित हुँदा मानव अधिकार उल्लंघनको विरुद्धमा आवाज उठाउन नसकिएको दोलखाका मानव अधिकारकर्मीहरुले स्वीकार गरेका छन ।

एमनेष्टी इन्टरनेशनल नेपाल समुह–३८, दोलखाद्वारा आज चरिकोटमा आयोजित जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्नुहुँदै मानवअधिकारकर्मीहरुले आफूहरुमाथि राजनितिक आवरण लागेकोले राम्रोसँग काम गर्न नसकेको बताएका हुन । कार्यक्रममा बोल्नुहुँदै मानवअधिकारवादी संस्था हुराडेक नेपाल, दोलखाका अध्यक्ष होम पाठकले भन्नुभयो; ‘पहिले द्वन्द्वकालिन समयमा जिल्लाका सवै मानवअधिारकर्मीहरुसँगै मिलेर काम गथ्र्यौ, जब देशमा गणतन्त्र आयो हामी पनि राजनितिक आस्थाका आधारमा विभाजित भयौं र एकले गरेको काम अर्कोले राजनितिक आँखाले हेर्ने संस्कार बस्यो । अब फेरि पनि हामी मिलेर काम गर्नुपर्छ, त्यसको लागि म तयार छु ।’ त्यसैगरी इन्सेक दोलखाका प्रतिनिधि उद्धवप्रसाद पोखरेलले पनि राजनितिक आवरणबाट बाहिर आएर काम गनुपर्ने बताउनु भयो ।

सामुदायिक रेडियो प्रशारक संघ (अको¥याब) नेपालका कोषाध्यक्ष लक्ष्मण खड्काले गत स्थानिय निर्वाचनको प्रसङ्ग उठान गर्नुहुँदै दोलखाका निर्वाचनताका धेरै मानवअधिकार उल्लंघनका घटना भएको र यसबारेमा राजनितिक दलका नेताहरु बेलैमा सचेत नभए नेताहरुकै सुरक्षामा समेत चुनौति देखिएको बताउनुभयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले मानव अधिकारको सम्मान गर्न सकेमात्र समाजको उन्नति हुने बताउनुभयो । त्यसैगरी उहाँले आफ्नो कार्यालयमा रहेका थुनुवाहरुलाई मानवअधिकारको प्रत्याभुति दिलाउन भरपुर प्रयास गर्ने पतिबद्धता जनाउनु भएको छ ।

एमनेष्टी इन्टरनेशनल नेपाल समुह–३८, दोलखाले आफ्नो आठौं बार्षिक साधारणसभा उद्घाटन कार्यक्रमको सन्दर्भमा जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको हो । उद्घाटन सत्र एमनेष्टी इन्टरनेशनल नेपाल समुह–३८, दोलखाका कार्यवाहक संयोजक श्याम खतिवडाको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभाको बन्द सत्रले आजै संस्थाको कार्यसमिति पुर्न गठन हुने भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!