२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

पाँच रोपनी बढी जमिन क्याम्पसलाई

२१ श्रावण २०७४, शनिबार ०६:५६

लोकेन्द्र प्रशाद जोशी | साउन २१, दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १ सल्याडीका स्थानीयले दार्चुला बहुमुखी क्याम्पस खलंगालाई पाँच रोपनीभन्दा बढी जमिन दान गरेका छन् । साविकको छापरी गाविस वडा नम्बर ९ का स्थानीय धामी परिवारले क्याम्पसलाई जग्गा दान गरेका हुन् ।

पते धामीका छोरा र नातीहरुको नाममा रहेको उक्त क्षेत्रमा पते धामीका ८८ वर्षिय छोरा धनराम धामीसहित करनसिह धामीका छोरा रामसिह धामी, विरभानसिह धामीका छोरा मानसिह धामी, सगर सिह धामीका छोरा करनसिह धामी र जिल्ला समन्वय समितिको कार्यालयमा कार्यरत ईन्जिनियर करनसिह धामीको नाममा रहेको जग्गाबाट प्रत्येकले १३ आनाभन्दा बढी जमिन दान स्वरुप क्याम्पसलाइ उपलब्ध गराएका सहायक क्याम्पस प्रमुख धाना धामीले जानकारी दिनुभएको छ ।

त्यसैगरी सोही क्षेत्रमा करनसिह धामीका छोरा कासीसिह धामी र मोहनसिह धामीका छोरा बिरसिह धामीले पनि सोही परिणामको जमिन उपलब्ध गराउने प्रतिबद्धता गरेको सहायक क्याम्पस प्रमुख धामीले बताउँनुभयो ।

क्याम्पससँग आफ्नो जमिन नभएको थाहा पाएपछि आफूहरुले जग्गा उपलब्ध गराएको जग्गादाता रामसिह धामीले बताउनु भयो । आफ्नो क्षेत्रमा उच्च शिक्षाका लागि कार्यक्रम सञ्चालन हुँदा व्यक्तिभन्दा पनि समाजलाई फाइदा पुग्ने भएकाले सबै दाजुभाइसँग सल्लाह गरेर क्याम्पसलाई जग्गा दान गरेको जग्गादाता धनराम धामीका छोरा हरकसिह धामीले बताउनु भएको छ ।

उक्त जग्गा सडक छेऊको जमिन भएकोले क्याम्पसले भौतिक निर्माणदेखि अन्य शैक्षिक कार्यक्रम गर्न समेत सजिलो हुने अर्का जग्गादता तथा ईन्जिनियर करनसिह धामी बताउनुहुन्छ । त्यसैगरी उच्च शिक्षा दिईरहेको क्याम्पसले भोगेको जग्गाको अभाव कम गर्न र आफ्नो समुदायको सम्बन्ध बिस्तार गर्न आफूहरुले जग्गादान गरेको जग्गादाता करनसिह धामीको भनाई छ, भने अर्का जग्गादाता मानसिह धामी क्याम्पसले आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दा आफ्नो ठाउँमा विकासका नयाँ सम्भावना बढ्ने बताउनुहुन्छ ।

बर्तमान समयमा मानिसहरुमा स्वार्थभाव बढीरहेको बेला दान गर्नु महान धर्म हो भन्ने सोचाइका क्याम्पसलाइ जग्गा उपलब्ध गराउने सबैप्रति आभार प्रकट गरी धन्यवाद दिएको तथा औपचारिक कार्यक्रम गरी जग्गादाताहरुलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरेको दार्चुला बहुमुखी क्याम्पसका व्यवस्थापन विभाग प्रमुख मदनसिह कार्कीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला