ताराबहादुर महत/साउन २१, दोलखा । राजनितिक आस्थाका आधारमा विभिाजित हुँदा मानव अधिकार उल्लंघनको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ताराबहादुर महत/साउन २१, दोलखा । राजनितिक आस्थाका आधारमा विभिाजित हुँदा मानव अधिकार उल्लंघनको "/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

राजनितिक आस्थामा विभाजित हुँदा काम गर्न सकिएन: मानवअधिकारकर्मी

२१ श्रावण २०७४, शनिबार ०७:०१


ताराबहादुर महत/साउन २१, दोलखा । राजनितिक आस्थाका आधारमा विभिाजित हुँदा मानव अधिकार उल्लंघनको विरुद्धमा आवाज उठाउन नसकिएको दोलखाका मानव अधिकारकर्मीहरुले स्वीकार गरेका छन ।

एमनेष्टी इन्टरनेशनल नेपाल समुह–३८, दोलखाद्वारा आज चरिकोटमा आयोजित जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्नुहुँदै मानवअधिकारकर्मीहरुले आफूहरुमाथि राजनितिक आवरण लागेकोले राम्रोसँग काम गर्न नसकेको बताएका हुन । कार्यक्रममा बोल्नुहुँदै मानवअधिकारवादी संस्था हुराडेक नेपाल, दोलखाका अध्यक्ष होम पाठकले भन्नुभयो; ‘पहिले द्वन्द्वकालिन समयमा जिल्लाका सवै मानवअधिारकर्मीहरुसँगै मिलेर काम गथ्र्यौ, जब देशमा गणतन्त्र आयो हामी पनि राजनितिक आस्थाका आधारमा विभाजित भयौं र एकले गरेको काम अर्कोले राजनितिक आँखाले हेर्ने संस्कार बस्यो । अब फेरि पनि हामी मिलेर काम गर्नुपर्छ, त्यसको लागि म तयार छु ।’ त्यसैगरी इन्सेक दोलखाका प्रतिनिधि उद्धवप्रसाद पोखरेलले पनि राजनितिक आवरणबाट बाहिर आएर काम गनुपर्ने बताउनु भयो ।

सामुदायिक रेडियो प्रशारक संघ (अको¥याब) नेपालका कोषाध्यक्ष लक्ष्मण खड्काले गत स्थानिय निर्वाचनको प्रसङ्ग उठान गर्नुहुँदै दोलखाका निर्वाचनताका धेरै मानवअधिकार उल्लंघनका घटना भएको र यसबारेमा राजनितिक दलका नेताहरु बेलैमा सचेत नभए नेताहरुकै सुरक्षामा समेत चुनौति देखिएको बताउनुभयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले मानव अधिकारको सम्मान गर्न सकेमात्र समाजको उन्नति हुने बताउनुभयो । त्यसैगरी उहाँले आफ्नो कार्यालयमा रहेका थुनुवाहरुलाई मानवअधिकारको प्रत्याभुति दिलाउन भरपुर प्रयास गर्ने पतिबद्धता जनाउनु भएको छ ।

एमनेष्टी इन्टरनेशनल नेपाल समुह–३८, दोलखाले आफ्नो आठौं बार्षिक साधारणसभा उद्घाटन कार्यक्रमको सन्दर्भमा जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको हो । उद्घाटन सत्र एमनेष्टी इन्टरनेशनल नेपाल समुह–३८, दोलखाका कार्यवाहक संयोजक श्याम खतिवडाको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभाको बन्द सत्रले आजै संस्थाको कार्यसमिति पुर्न गठन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो