साउन २१, नुवाकोट । अबिरल वर्षाका कारण फलाखु खोलामा आएको बाढीले नुवाकोट र रसुवा जोड्ने ऐतिहासिक महत्व बोकेको झोलुङ्गे पुल बगाएको छ ।

बाढीले पुल बगाएर ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २१, नुवाकोट । अबिरल वर्षाका कारण फलाखु खोलामा आएको बाढीले नुवाकोट र रसुवा जोड्ने ऐतिहासिक महत्व बोकेको झोलुङ्गे पुल बगाएको छ ।

बाढीले पुल बगाएर ज"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट–रसुवा जोड्ने झोलुङ्गे पुल बगायो

२०७४, २१ श्रावण शनिबार ०८:३४


साउन २१, नुवाकोट । अबिरल वर्षाका कारण फलाखु खोलामा आएको बाढीले नुवाकोट र रसुवा जोड्ने ऐतिहासिक महत्व बोकेको झोलुङ्गे पुल बगाएको छ ।

बाढीले पुल बगाएर जमिन कटान गरेपछि एकदर्जनभन्दा बढी घर जोखिममा परेका छन् । फलाखु खोलामा शुक्रबार राति आएको बाढीले नुवाकोट तर्फको जगमा क्षति पु¥याएपछि पुल बगाएको हो ।

नुवाकोटको साविक गेर्खु– ९ र रसुवाको लहरेपौवा– १ स्थित बेत्रावतीमा रहेको सो झोलुङ्गे पुलको जगको पिल्लरमा बाढीले क्षति पु¥याएपछि नुवाकोटतर्फ पुलको संरचना चुडिएको हो । झोलुङ्गे पुल बगाए पनि नजिकै पक्की पुल भएकाले दुई जिल्लाको आवतजावत कायमै रहेको बेत्रावतीमा क्रियाशील गोसाईंकुण्ड युवा क्लबका कोषाध्यक्ष शशी डंगोलले जानकारी दिनुभयो ।

स्कटल्याण्ड सरकारबाट नेपाललाई तीनवटा पुल निर्माणमा पु¥याएको सहयोग कार्यक्रममार्फत विस २००४ मा निर्माण भएको उक्त पुलले नेपाल र चीनबीचको पद्मार्गको सम्पर्क विस्तारमा सहयोेग पु¥याएको थियो ।

यो पुल रसुवा जिल्लालाई बाहिर जिल्लासँग जोड्ने पहिलो पुल हो । उक्त पुलको निर्माणपछि रसुुवाको रसुवागढी हँुदै चीनको केरुङ बजारसम्मको व्यापार फस्टाएको थियो ।

बाढीले पुलको जग बगाएर जमिन कटान गरेपछि गेर्खु– ९ का विष्णुबहादुर डंगोल, पूर्णलाल डंगोल, चन्द्रबहादुर डंगोल, कान्छी केसीलगायत एक दर्जनभन्दा बढी घर जोखिममा रहेको छ ।

पहिरोले घर बगाउन थालेपछि तीन घरधुरी विस्थापित

महाकालीस्थित कुखुेरमा गएको पहिरोले तीन घरपरिवारलाई विस्थापित बनाएको छ ।

शिवपुरी गाउँपालिका– ५ साविक महाकाली गाविस– ८ कुखुेरका देवीबहादुर थापा, उहाँका छोरा लेखबहादुर थापा र छिमेकी गंगाबहादुर थापाको घर पहिरोका कारण जोखिममा परेका हुन् । उनीहरुले तलबाट बग्दै आएको पहिरोले घर नै बगाउन थालेपछि सुरक्षित स्थानमा स्थान्तरण तथा आवास व्यवस्थापनको माग गरेका छन् ।

गएको असार महिनामा घरभन्दा तल हँुदै अव्यवस्थित रुपमा गरिएको सडक विस्तारका कारण पहिरो जाँदा उनीहरुको घर जोखिममा परेका हुन् । पहिरोले तीनवटै घरको आगन बगाएको छ भने घरको जगसमेत चर्केर बग्ने अवस्थामा पु¥याएपछि घर छाडेर उनीहरु शुक्रबारदेखि अन्यत्र बस्न थालेका छन् ।

शिवपुरी गाउँपालिकाको केन्द्र रहेको स्थान शेराबगरबाट डाँडाकटेरी–चालिसे– कुखुरे– नेपाने– मानेभञ्याङ हँुदै राउतवेँशीसम्म पुग्ने सडकको प्राविधिक जाँच नगरी जथाभावी सडक विस्तार भएकाले पहिरो बगेर बस्ती जोखिममा पु¥याएको पीडित देवीबहादुर थापाले बताउनुभयो ।

पछिल्लो दिनमा जारी रहेको अबिरल वर्षाले सडक विस्तार गरेको स्थानबाट बगेको पहिरोले देवीबहादुरको गोठ बगाएर घरको जगको धाँजा फाटेपछि सुरक्षित स्थानमा स्थानन्तरणको व्यवस्था मिलाउन उहाँसहित तीनवटै घरपरिवारले शिवपुरी गाउँपालिकाको कार्यालयमा निवेदन दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना