खकेन्द्र केसी,

साउन २१, सल्यान ।

अबिरल वर्षाका कारण सल्यानको एक विद्यालयमा पहिरोले क्षेति पु¥याएको छ ।

जिल्लाको छत्रेश्वरी २ र साविकको दमाचौर ९ बुराँसेमा रहेको श्री जनता मा.वि.मा सनिवार विद्यालय माथिबाट खसेको पहिरोले ३ कोठे ट्रस्ट भवनमा अत्यधिक क्षति पुगेको छ । एक कोठा कार्यालय भएको उक्त विद्यालयमा पानी कोठा भित्र पस्दा कार्यालयका महत्वपूर्ण कागजात र अन्य सामाग्रीहरु भिजेको प्रधानध्यापक लालसिङ ओलीले बताएका छन् । पहिरोले खेलमैदान पुरिएको छ भने खानेपानीको ट्याङ्की पनि जोखिममा रहेको छ । माथिबाट पहिरो खस्ने क्रम जारी रहेकोले विद्यालय प्रशासन जोखिममा रहेको छ । उक्त पहिरो हटाउन तथा रोकथामको लागि पहल गरेर विद्यार्थिलाई पढ्ने वातावरण गरिदिन विद्यालयले सम्बन्धीत सबै निकायलाई अपिल गरेको छ ।