१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा जनताको आवास कार्यक्रममा स्थानिय दलालको यस्तो रजाई

२२ श्रावण २०७४, आईतवार १०:११

श्याम थापा/साउन २२, नवलपरासी । सहरी बिकास मन्त्रालय अन्र्तगत शहरी बिकास तथा भवन निर्माण बिभाग चितवन द्धारा जनताको आवास कार्यक्रम नवलपरासी जिल्लामा सञ्चालन भएको छ । 

दलित अतिबिपन्न बर्गका लागी भनेर आएको जनता आवास कार्याक्रमको भवन निर्माण कार्यहरुमा स्थानिय दलालहरुको रजाई भैरहेको छ । गरिबको नाममा आएको आवास मैले पारि दिएको हो भन्दै प्रत्येक ब्यक्तिसंग रु.१० हजारका दरले रकम स्थानिय दलालले उठाउने गरेका छन । 

सो कार्याक्रम नवलपरासीको सुस्ता गाउँपालिकाको वडा न.१,२ र ५ मा रहेको छ भने प्रतापपुर गाउँपालिकाको वडा न.६,८ मा पनि रहेको छ । सुस्ता गाउँपालिकाको वडा न.१ रुपौलियामा ५४ घर जनताको आवास कार्यक्रमबाट परेको छ । 

त्यसैगरि सुस्ता गाउँपालिकाको वडा न.५ मा ७७ घर र प्रतापपुर गाउँपालिकाको वडा न.६ र ८ गरि ६४ घर बन्ने भएको छ । यो योजना काहाँबाट आएको हो र कति रकम आएको हो भनेर पनि आफुहरुलाई थाहा नभएको सुस्ता गाउँपालिका वडा न.५ बस्ने महेन्द्र मुसहरले बताएका छन । 

त्यसैगरि सुस्ता गाउँपालिका वडा न.१ मा जयप्रकाश हरिजनले तिमीहरुको घर मैले पारि दिएको हो भनेर प्रत्येक घरमा रु.१० हजारका दरले रकम लिएको सुस्ता गाउँपालिका वडा न.१ रुपौलिया अन्र्तगत कदमहवा टोलमा बस्ने अनिरुद्ध हरिजनले बताएका छन । 

यति मात्र नभै आफुहरुलाई बनाउन भनेर आएको घरको आवश्यक सामग्रीहरु पनि त्यही जयप्रकाश हरिजनले खसालि दिएको हरिजनले बताए त्यसै गरि सुस्ता गाउँपालिकाको वडा न.५ मा पनि यस्तै चर्तीकला रहेको छ । 

घर बनाउने इट्टा पनि मिठा अवल नामको ईट्टा खसालेको र सो ईट्टा एकदमै गुणस्तरियहिन रहेको साथै कति पैसामा ईट्टा खसालेको हो त्यो पनि आफुहरुलाई थाहा नभएको सुस्ता गाउँपालिकाको वडा न.५ बस्ने गोगा मुसहरले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो