२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सामाजिक सुरक्षा कोषले दिन थाल्यो योगदानकर्ताका छोराछोरीलाई पनि स्वास्थ्याेपचार सुविधा

३ बैशाख २०८२, बुधबार १५:३३

काठमाण्डाै । सामाजिक सुरक्षा कोषले २०८२ सालको शुरुआतसँगै योगदानकर्ताका छोराछोरीलाई पनि स्वास्थ्योपचार सुविधा दिन थालेको छ ।

कोषले योगदानकर्ताका १८ वर्षसम्मका सन्ततिलाई पनि सुविधा दिन थालेको जनाएको छ ।

यसअघि योगदानकर्ता र उनीहरूका श्रीमान्–श्रीमतीले मात्र स्वास्थ्योपचार सुविधा पाउने गरेकोमा सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा सुविधा थप भएको हो ।

कम्तीमा लागातर तीन महिना योगदान गर्ने योगदानकर्ता, तिनका श्रीमान्–श्रीमती र १८ वर्षसम्मका छोराछोरीले पनि अब एक लाख रुपैयाँसम्मको उपचार सेवा पाउनेछन् ।

जसमा २० प्रतिशत योगदानकर्ताले बेहोर्नुपर्छ । यस्तै कोषले पाँच वर्ष योगदान गर्ने योगदानकर्ताका हकमा अस्पताल भर्ना हुने बिरामीको १० लाख रुपैयाँसम्मको उपचार खर्च बेहोर्नेछ । जसमा ५० प्रतिशत खर्च योगदानकर्ताले बेहोर्नुपर्छ ।

यस्तै अब सरकारी निकायका कार्यरत अस्थायी, करार एवम् निवृत्तिभरण नपाउने स्थायी कर्मचारी पनि सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् ।

योगदानकर्ताहरूमध्ये १५ लाखभन्दा धेरै वैदेशिक रोजगारीमा गएका व्यक्तिहरू छन् । कुल योगदान रकम ७७ अर्ब ६७ करोड रुपैयाँ पुगेको कोषको तथ्याङ्क छ ।

झन्डै ६ वर्षअघि सञ्चालनमा आएको कोषमा गएको चैत मसान्तसम्म २० हजार तीन सय ६२ रोजगारदाता र २१ लाख ५१ हजार जना योगदानकर्ता सूचीकृत भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने