कृष्ण खनाल/साउन २२, बुटवल ।  यस क्षेत्रको  पुरानो अस्पतालको रुपमारहेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आर्थिक बर्ष ३०७३÷०७४ मा ९ हजार ६ सय ५ बच्चा जन्मी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण खनाल/साउन २२, बुटवल ।  यस क्षेत्रको  पुरानो अस्पतालको रुपमारहेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आर्थिक बर्ष ३०७३÷०७४ मा ९ हजार ६ सय ५ बच्चा जन्मी"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

लुम्बिनी अञ्चल अस्पताल साढे ९ हजार बच्चा जन्मीए

२२ श्रावण २०७४, आईतवार ११:२१

कृष्ण खनाल/साउन २२, बुटवल ।  यस क्षेत्रको  पुरानो अस्पतालको रुपमारहेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आर्थिक बर्ष ३०७३÷०७४ मा ९ हजार ६ सय ५ बच्चा जन्मीएका छन् । 

अस्पतलमा कुल ९ हजार ५ सय ३६ जना महिला सुत्केरीभएकोमा ५ हजार ६० जना छोरा र ४ हजार ५ सय ४५ जना छोरी जन्मीएका हुन । ५  सय १५ जना छोरा बढि जन्मीएका छन् । अञ्चल अस्पतालका मेडिकल रेडर्कर अधिकृत लक्ष्मीराज रेग्मीका अनुसर गत आर्थिक बर्षमा सबैभन्दा बढि भदौ महिनामा बढि बच्चा जन्मीएका छन् । 

२०७३ भदौ महिनामा ९ सय ८४ जना महिला सुत्केरी भएकोमा ९९१ जना बच्चा जन्मीएका छन् । 

जसमा छोराको संख्या ४सय ८२ र छोरीको संख्या ५ सय ९ जना रहेको छ ।  यस्तै दोस्रो स्थानमा साउन महिना रहेको छ । उक्त महिनामा  कुल ९ सय ५९ जना महिला सुत्केरी भएकोमा ९ सय ६५  जना बच्चा जन्मीएका हुन । जसमा ५सय ३० छोरा र ४ सय ३५ छोरी जन्मीएका छन् ।  असोज महिनामा ७ सय ४३ जना, कार्तिक महिनामा ८८९ जना, मंसिरमा ९०४, पुसमा ७५०, माघ महिनामा ७९८, फागुन महिनामा ७५४, चैत महिनामा ६४० जना, २०७४ बैशाख महिनाा ६०९ जना, जेठमा ६९१जना, असार माहिनामा ८ सय ७१  जना  बच्चा जन्मीएका छन् । कुल आर्थिक बर्षमा छोराको संख्या ५ हजार ६० जना रहेको छ भने छोरीको संख्या ४५ सय ४५ जना रहेको छ । 

उक्त आर्थिक बर्षमा १ सय ४४ जना बच्चा आमाको पेटमा मरेर जन्मीएको पाइएको छ । मेडिकल रेर्डर अधिकृत   रेग्मी भन्छन्–‘आमाको गर्भमै मरेका बच्चाको संख्या कुल १ सय ४४ जना रहेको छ, जस्लाई हामीले स्टील वर्थ भन्छौ । ’ उनका अनुसार ८९जना छोरा र ५५ जना छोरी आमाको गर्भमा नै मरेका थिए । 

यस्तै उक्त आर्थिक बर्षमा सकुसल रुपमा जन्मीएका बच्चाको संख्या ९ हजार  ४ सय ६१ जना बच्चा जन्मीएका  छन् । जुन आमाको गर्भबाट जिउदै जन्मीएका शिसुको संख्या हो । जसमा छोराको संख्या ४ हजार ९ सय ७१  जना  रहेको छ भने  छोरीको संख्या ४ हजार  ९ सय ७१ ज्ना रहेको छ । आमाको गर्भमा मर्ने सिसुमा छोरा को संख्या बढि छ । ८९ जना  छोरा आमाको गर्भमै मरेर जन्मीएको तथ्यांक छ भने ५५ जना छोरीको पनि गर्भमै मरेर जन्मीएको पाइएको छ । यस्तै उक्त आर्थिक बर्षमा सकुसल जन्मीएपनि ७ दिन भित्र आइसीयुमा राखेर मरेका शिसुहरुको संख्या ३१  जना रहेको छ । जसमा २० जना छोरा र ११ जना छोरी रहेका छन् । 

उक्त आर्थिक बर्षमा जवजात शिसुको रुपमा अस्पतालबाट सकुसलरुपमा घर लगिएको बच्चाको संख्या ९ हजार ४सय ३०  जना रहेका छन् । जसमा  छोराको संख्या ४ हजार ९ सय ५१ जना र छोरीको संख्या ४ हजार ४ सय ७९ जना रहेका छन् । ४ सय ७२ बढि  छोरा रहेका छन् । 

अस्पतालमा प्रतिशतको हिसवाले ५३ प्रतिशत छोरा र ४७ प्रतिशत छोरीको जन्म भएको पाइएको  छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य