२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवकले झुन्डिएर आत्महत्या गरेपछि युवतीले गरिन बिष सेवन

२०७४, २२ श्रावण आईतवार १५:३०


सरोज यादव/साउन २२, सर्लाही । सर्लाहीमा एक युवाले झुन्डिएर आत्महत्या गरेका छन् ।

जनस्वास्थ्य कार्यालय मलंगवामा खरिदार पदमा कार्यरत चन्द्रनगर गाउपालिका वार्ड न. ३ का २६ वर्षिय नवीन चौधरी आइतबार मृत अवस्थामा फेला परेका छन् । 

सदरमुकाम मलंगवा स्थित जनस्वास्थ्य कार्यालयको दोभानमा पासो लगाई झुन्डिएको अवस्थामा चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

घटना स्थल र शवको अवस्था हेर्दा चौधरीको हत्या नभई आत्महत्या भएको प्रहरीले जानकारी दिएको छ । कार्यालयको  मेन गेट बन्द भएको कारण मृतक चौधरी देवाल तड्पेर कम्पाउण्ड भित्र प्रवेश गरेको थियो । राती कार्यालयको  गार्डसंग सुतेको चौधरी आइतबार बिहान मृत अवस्थामा भेटिएका थिए ।

घटनाको विषयमा थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ । मृतक चौधरीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा लगिएको छ ।

यसैबीच चौधरीले आत्महत्या गरेको खबर सुनेपछि आइतबारै सर्लाही अस्पताल मलंगवा परिसरमा एक युवतीले विष सेवन गरेकी छन् । महोतरी गोरहाना–४ कि २३ वर्षिय शिसम सिंह थारुले विष सेवन गरेकी हुन् । सर्लाही अस्पताल मलंगवाका चिकित्सकहरुले निकै सावधानी पुर्वक उक्त महिलालाई बचाउन सफल भएका छन ।

विष सेवन गरेकी युवतीलाई सर्लाही अस्पतालको आकस्मिक सेवा कक्षमा राखि उपचार भईरहेको अस्पताल स्रोतले जनाएको छ । विष सेवन गरेकी महिला र स्वास्थ्य कार्यालय सर्लाहीका खरिदार मृतक चौधरीबिच के–कस्ता सम्बन्ध थिए भन्नेबारे पुष्टी हुन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा