पर्वत । जिल्ला समन्वय समिति पर्वतले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न सकेको छैन । प्राविधिक शाखाका कर्मचारी स्थानीय तहमा खटाइसकेको छ तर कर्मचारी स्थानीय तहमा पुगिसकेका छैनन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  पर्वत । जिल्ला समन्वय समिति पर्वतले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न सकेको छैन । प्राविधिक शाखाका कर्मचारी स्थानीय तहमा खटाइसकेको छ तर कर्मचारी स्थानीय तहमा पुगिसकेका छैनन् ।

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुस्मा नपामा काँग्रेसका १० जिससमा एमालेका ११ सेवाअवधी सकिएका कर्मचारीले सेवासुविधा उपभोग गर्दै

२३ श्रावण २०७४, सोमबार ०१:०१

 पर्वत । जिल्ला समन्वय समिति पर्वतले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न सकेको छैन । प्राविधिक शाखाका कर्मचारी स्थानीय तहमा खटाइसकेको छ तर कर्मचारी स्थानीय तहमा पुगिसकेका छैनन् ।

जिल्ला समन्वय समितिमा  तीन अधिकृत सहित दशजना कर्मचारीले स्थानीय श्रोत मार्फत तलव सुविधा लिँदै आएको भएपनि कर्मचारीको सेवाअवधी असार मसान्तसँगै समाप्त भएको छ । तीनै कर्मचारीका कारण स्थानीय तहमा कर्मचारी व्यवस्थापनमा जिल्ला समन्वय समितिमा लागि समस्या पैदा गरेको छ ।

दश कर्मचारीको दरबन्दी सकिएता पनि अझै राज्यको सेवा सुविधा लिइरहेका छन् । महिनादिन देखि सेवा समयअवधि सकिएका कर्मचारी जिल्ला विकास समितिमा रही रहेका छन् तीनै कर्मचारीका कारण स्थानीय तहमा     कर्मचारी व्यवस्थापनका लागि जिल्ला समन्वय समितिलाई समस्या पैदा गरेको छ ।साउन १५ सम्म सबै स्थानीय निकायमा कर्मचारी खटाईसक्नुपर्ने भएपनि समितिको किचलोको कारण कर्मचारीहरु स्थानीय तहमा नपुगेको कार्यालयले जनाएको छ । स्थानीय विकास अधिकारी विष्णु प्रसाद भुसालले स्थानीय श्रोत मार्फत सेवा सुविधा लिईरहेका कर्मचारीहरुको सम्बन्धमा ठोस निर्णय नआएका कारण व्यवस्थापनमा ढिलाई भएको बताए । तीन सामाजिक परीचालन अधिकृतले आन्तरीक श्रोत मार्फत आवास सहितको सुविधा लिँदै आएकोमा स्थानीय तहमा सुविधा कटौती हुने भएपछि अधिकृत सहित अन्य कर्मचारीको समेत टुगो लाग्न सकेको छैन् । स्थानीय तहमा पुग्नु पर्नेमा कर्मचारीहरु अझै स्थानीय तहमा पुगेका छैनन् ।

पर्वतमा दुई नगरपालिका सहित सातवटा स्थानीय तह छन् । गाउँपालिकाहरुमा जान कर्मचारीहरु अनकन्याएका छन् । जिससको आन्तरीक श्रोत मार्फत तलव सुविधा भोग गर्ने दश कर्मचारी रहेकोमा स्थानीय तहले आवश्यक ठानेमा नियुक्त गर्नसक्ने प्रावधान रहेको कार्यालयले जनाएको छ । यता कुश्मा नगरपालिकामा पनि दरबन्दी सकिएका      कर्मचारीलेनै सेवा प्रवाह गरिरहेका छन् । नयाँ कर्मचारी थप गर्न तथा करारका       कर्मचारीलाई म्याद थप गर्न नगर बोर्डको बैठकले पास गर्नुपर्नेमा एकलौटी ढंगले म्याद थप नगरि काममा लगाए पछि वडा अध्यक्षहरुले बिरोध जनाइरहेका छन् ।  वडा तहमा एमाले निकट जनप्रतिनिधिको बाहुलियता छ । वडा अध्यक्षहरुले विरोध गरेपछि हालसम्म नगर परिषद तथा आगामी बजेट तथा नीति कार्यक्रमहरु सार्वजनिक हुन सकेको छैन । कुश्मा नगरपालिकामा कम्प्युटर अपरेटर १ जना, सहायक कम्प्यूटर       अपरेटर ३ जना, कार्यालय सहायक चौंथो २ जना, डाईभर २ जना र कार्यालय सहायक ३ जना गरि ११ जनाको गत असार मसान्तमा म्याद सकिएको हो । उनीहरुले पनि कुश्मा नगरपालिकाबाट प्राप्त हुने सेवा सुविधा उपभोग गरी सेवा प्रवाह गरिरहेका छन् । जिल्ला समन्वय समिति पर्वत र कुश्मा नगरपालिकामा राजनीतिक द्वन्द्वका कारण करार नियुक्ति अबधी सकिएका       कर्मचारीले सेवा उपभोग गरिरहेका छन् । जिल्ला समन्वय समितिमा एमालेको बाहुलियता छ र      कर्मचारीपनि एमाले निकट संगठनका समयअवधि सकिएका छन् । यता नगरपालिकामा नेपाली काँग्रेस निकट संगठनका कर्मचारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो