मकरराज धामी/साउन २३, बझाङ । विगत ९ बर्ष देखि बन्द भएको बझाङ विमानस्थल पिच गरि संचालनमा ल्याउनु पर्ने माग गर्दै नागरिक उडयान तथा पर्यटन विकास मन्त्री लाई माग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मकरराज धामी/साउन २३, बझाङ । विगत ९ बर्ष देखि बन्द भएको बझाङ विमानस्थल पिच गरि संचालनमा ल्याउनु पर्ने माग गर्दै नागरिक उडयान तथा पर्यटन विकास मन्त्री लाई माग"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ विमानस्थल पिच गरि सुचारु गर्न माग

२३ श्रावण २०७४, सोमबार १२:४१


मकरराज धामी/साउन २३, बझाङ । विगत ९ बर्ष देखि बन्द भएको बझाङ विमानस्थल पिच गरि संचालनमा ल्याउनु पर्ने माग गर्दै नागरिक उडयान तथा पर्यटन विकास मन्त्री लाई माग पत्र बुझाएका छन् । 

कारोवार दैनिकमा ९ बर्ष देखि बझाङ विमानस्थल बन्द भन्ने समाचार प्रकासित भए पछि तत्कालै संचालनमा ल्याउन माग गर्दै सरोकारवालाहरुले सोमवार पर्यटन विकास मन्त्री लाई माग पत्र बुझाएका हुन । 

पर्यटन अभियन्ता तथा सुदूरपश्चिम समृद्धि मार्ग (चैनपुर–ताक्लाकोट सडक खण्ड) दबाव समुहका संयोजक किशोर खड्काको नेतृत्वमा बझाङका सांसद तथा पत्रकार सहितको टोलीले पर्यटन विकास मन्त्री जितेन्द्र देब लाई लिखित रुपमा विमानस्थल पिच गरि जहाज संचालनमा गरि दिन माग गरेका छन् । माग पत्र बुझदै पर्यटन विकास मन्त्री जितेन्द्र देबले बझाङ विमानस्थल सुचारु गर्नका लागी आफु तयार रहेको र आफ्नै कार्यकालमा सञ्चालन गर्ने गरि प्रक्रिया अघि बढाउने बताउनु भयो । 

जिल्ला जोड्ने एक मात्र सडक यसै महिनामा मात्र १२ पटक अबरुद्ध भएको, बझाङवासीले सास्ती खेप्नु परेको र विगत तीन बर्ष देखि विमानस्थल संचालनको लागी पटक पटक माग गरि रहेको भए पनि कसैले चासो नदेखाएका कारण  तुरुन्तै विमानस्थल सुचारुको प्रक्रिया अघि बढाउन जिल्लाका सांसदहरुले आग्रह गर्नु भयो । 

हिन्दुहरुको महान तिर्थस्थल कैलाश मानसरोवर जान नेपालबाट सबैभन्दा छोटो बाटो पनि बझांग जिल्ला भएरै जाने भएकाले यो बाटो संचालनमा ल्याउनु आवश्यक भएको पर्यटन अभियन्ता किशोर खडकाको भनाई छ । 

सरकारको जहाज कुर्नुभन्दा एअरपोर्ट पिच हुन सके निजि क्षेत्रका बिमानहरु पनि संचालनमा आउने र निजि क्षेत्र आएपछि प्रतिस्प्रधा बढ्नुका साथै सेवामा पनि गुणस्तर हुने अपेक्षा रहेको छ । तसर्थ एअरपोर्ट पिच हुन सके निजि क्षेत्रका जहाज भित्रयाउन सकिने खडकाको भनाई छ ।  

सुदूरपश्चिमका अन्य जिल्लाका एअरपोर्टहरु पिच भएर जहाज संचालनको तयारीमा रहेपनि बझांग जिल्लाको एअरपोर्ट भने संचालन गर्न राज्यले कुनै ध्यान नदिएको , त्यसैगरी हिन्दुहरुको महान तिर्थस्थल कैलाश मानसरोवर जान नेपालबाट सबैभन्दा छोटो बाटो का लागी यहि विमानस्थल हुने भएकाले आवश्यक प्रक्रिया अघि बढाउनु पर्ने, विमानस्थल तत्कालै पिच गरि संचालनमा ल्याउनु पर्ने लगायतका माग माग पत्रमा उल्लेख गरिएको छ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो