२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नहरमा डुबेर एकको मृत्यु

२४ श्रावण २०७४, मंगलवार ०४:०१

साउन २४, चितवन । नहरमा डुबेर चितवनको भरतपुरमा एक पुरुषको मृत्यु भएको छ । 

भरतपुर महानगरपालिका वडा नं १४ का ५५ वर्षीय गोविन्द अधिकारीको नहरमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार सोमबार खेतको आलीमा हिँड्दै गर्दा लडेर उनी नहरमा पुगेका थिए । सोही क्रममा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । 

नहरमा डुबेको देखेपछि स्थानीयवासीले उद्धार गरी उपचारका लागि चितवन मेडिकल ल्याइएकोमा उनको दिउँसो ३ बजे मृत्यु भएको थापाले जानकारी दिनुभयो । 

शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । 

घटना हुनुअघि उनले मदिरा सेवन गरेको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

यता चितवनको भरतपुर महानगरपालिका वडा नं ६ की ३३ वर्षीया रञ्जना श्रेष्ठले आफ्नै घरमा सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य