साउन २५, अछाम । जिल्ला प्रशासन कार्यालय अछामले बिभिन्न स्थानीय तहमा सञ्चालन गरेको घुम्ति शिविरमा करिब ११ सय जनाले नागरिकता बनाएका छन । 

१० स्थाीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २५, अछाम । जिल्ला प्रशासन कार्यालय अछामले बिभिन्न स्थानीय तहमा सञ्चालन गरेको घुम्ति शिविरमा करिब ११ सय जनाले नागरिकता बनाएका छन । 

१० स्थाीय"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा घुम्ति शिविरबाटै ११ सय नागरिकता बितरण

२५ श्रावण २०७४, बुधबार ०२:१०


साउन २५, अछाम । जिल्ला प्रशासन कार्यालय अछामले बिभिन्न स्थानीय तहमा सञ्चालन गरेको घुम्ति शिविरमा करिब ११ सय जनाले नागरिकता बनाएका छन । 

१० स्थाीय तह रहेकोमा ३ तहमा शिविर सम्पन्न भईसक्दा एक हजार एक सय ६ जनाले नयाँ नागरिकताको प्रमाणपत्र लिएको प्रजिअ शंकर बहादुर बिष्टले जाँनकारी दिए । 

जिल्ला प्रशासन कार्यालय अछामका अनुसार रामारोशन गाँउपालिका, कमलबजार नगरपालिका र साँफेबगर नगरपालिकामा घुम्ति शिविर मार्फत नागरिकता बितरण कार्य सम्पन्न भईसेको छ भने तुर्माखाँद गाँउपालिका र चौरपाटी गाँउपालिकामा मंगलवार वाट शिविर सुरु भएको छ । 

रामारोशन, कमलबजार र साँफेबगरमा गरि जम्मा एक हजार सय ६ जनाले नागरिकता लिएको प्रजिअ बिष्टले बताए । अहिलेसम्म साँफेबगर नगरपालिकामा ५ सय ८४, कमलबजार नगरपालिकामा २ सय ९२, रामारोशन गाँउपालिकामा एक सय ९८ जनाले नागरिकता लिएको जनाईएको छ । 

यस्तै चौरपाटीमा जारी शिविरमा पहिलो दिन मंगलवार ३२ जनालाई नागरिकताको प्रमाणपत्र बितरण गरिएको प्रजिअ बिष्टले बताए । सदरमुकाम रहेको मंगलसेन नगरपालिका बाहेक सबै १० वटै तहमा २÷२ दिनको प्याकेज सहित घुम्ति शिविर सञ्चालन गरिएको प्रजिअ बिष्टको भनाई छ । 

प्रदेश र संघिय निर्वाचनका लागि निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलिमा नाम दर्ता गराँउने कार्य सुरु गरेपछि नागरिकता लिनेहरुको संख्या समेत बढेका कारण स्थानीयको मागका आधारमा जिल्लाका बिभिन्न स्थानीय तहमा शिविर सञ्चालन गरि नागरिकता बितरण कार्य गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । 


जिल्ला प्रशासन कार्यालय अछामले क्षेत्र नम्वर १ का स्थानीय तहमा सहायक प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचा र क्षेत्र नम्वर २ का स्थानीय तहमा ईलाका प्रशासन कार्यालय बिनायकका कामु प्रमुख तुलसीप्रसाद ढुंगानाको नेतृत्वमा टोलि खटाएको छ । 

रामारोशन गाँउपालिकामा हस्तलिखित नागरिकताको प्रमाणपत्र बितरण गरिएकोमा साँफेबगर नगरपालिकामा भने कम्प्यूटरवाट प्रिन्ट गरेर नागरिकता बितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तुलबहादुर काउचाले जाँनकारी दिएका छन । घुम्ति शिविरमा नागरिकता लिनका लागि स्थानीयको निकै चाप हुने गरेको उनको भनाई रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो