२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको ग्रामीण क्षेत्रका महिला सेनेटरी प्याड प्रयोग गर्न थाले

२५ श्रावण २०७४, बुधबार ०७:५२


साउन २५, बैतडी । बैतडीको ग्रामीण क्षेत्रका महिला महिनावारी भएका बेला सरसफाइमा ध्यान दिन थालेका छन् । 

पहिले चार दिनसम्म ननुहाउने महिला अहिले महिनाबारी भएको सेनेटरी प्याडसमेत प्रयोग गर्न थालेका छन् । 

सामुदायिक सिकाइ केन्द्र श्रीकोटले महिलालाई सेनेटरी प्याड बनाउने तरिका र प्रयोग गर्ने तरिकाका बारेमा तालीम दिएपछि उनीहरु सेनेटरी प्याड प्रयोग गर्न थालेको सामुदायिक सिकाइ केन्द्र श्रीकोटका रामचन्द्र अवस्थीले जानकारी दिनुभयो । सेनेटरी प्याडको प्रयोगले महिनावारी भएको बेला महिलालाई सजिलो हुने स्थानीयवासी लक्ष्मी भाटले बताउनुभयो । 

गाउँघरमा सेनेटरी प्याड बनाउन सिकाएपछि अहिले सबैले घरमा बनाएर प्रयोग गर्न थालेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटको राजु धामीले बताउनुभयो । महिनावारी भएका बेला बग्ने रगतलाई व्यवस्थापन गर्नका लागि सेनेटरी प्याडको प्रयोगले सजिलो भएको उहाँले बताउनुभयो । 

ग्रामीण भेगमा महिनावारी भएका बेला अहिले किशोरी तथा महिलाले सेनेटरी प्याड प्रयोग गर्ने गरेको दोगडाकेदार गाउँपालिका श्रीकोटका शान्ति नाथले बताउनुभयो । सामुदायिक सिकाइ केन्द्र श्रीकोटले तालीम दिएपछि आफूहरुले सेनेटरी प्याड आफैँ बनाएर प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । 

सामुदायिक सिकाइ केन्द्र श्रीकोटले ३०० महिलालाई सेनेटरी प्याड बनाउने र प्रयोग गर्ने तरिकाका बारेमा बताएको सामुदायिक सिकाइ केन्द्रका रामचन्द्र अवस्थीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली