साउन २५, खोटाङ । मध्यपहाडी लोकमार्गमापर्ने निर्माणाधीन दिक्तेल–हलेसी सडकखण्ड पहिरोको उच्च जोखिममा परेको छ । 

कालोपत्रेका लागि सडक फराकिलो पार्ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २५, खोटाङ । मध्यपहाडी लोकमार्गमापर्ने निर्माणाधीन दिक्तेल–हलेसी सडकखण्ड पहिरोको उच्च जोखिममा परेको छ । 

कालोपत्रेका लागि सडक फराकिलो पार्ने"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिक्तेल-हलेसी सडक पहिरोको उच्च जोखिममा

२५ श्रावण २०७४, बुधबार ०९:०९


साउन २५, खोटाङ । मध्यपहाडी लोकमार्गमापर्ने निर्माणाधीन दिक्तेल–हलेसी सडकखण्ड पहिरोको उच्च जोखिममा परेको छ । 

कालोपत्रेका लागि सडक फराकिलो पार्नेक्रममा स्काभेटर प्रयोग गर्दा सडकदेखि माथिल्लो भागसमेत खलबलिएपछि ठाउँ/ठाउँमा पहिरो खस्न थालेको हो । 

कच्ची सडकको विभिन्न स्थानमा पहिरो झरिरहँदा जोखिम मोलेर गाडी गुडाउनुपर्ने अवस्था छ । सडकदेखि माथिल्लो भागबाट झरेको पहिरोले हाल निर्माणाधीन सडक आसपासको नाली पुरिनुका साथै वर्षाको पानी सडकबाटै बग्दा सडक हिलाम्मे भएको छ । 

दिक्तेलदेखि हलेसीसम्म ४२ किलोमिटर लम्बाइ रहेको उक्त सडकमा साना ठूलागरी हजारौं पहिरो खसेर थुप्रिएको छ । साथै सडकका विभिन्न ठाउँमा ढुंगा तथा बालुवा थुपारिएका कारण सडक साँघुरो बनेको छ । 

सडकमा थुप्रिएको पहिरो नहटाउँदा यातायात सञ्चालन गर्न कठिन भएको यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङमाङले बताउनुभयो । 

“माथिबाट झेरको पहिरो सडकभरी थुप्रिएको छ ।” उहाँले भन्नुभयो, “छेउको साँघुरो बाटोबाट गाडी गुडाउँदा आधा टायर सडकभन्दा बाहिर पुग्ने गरेको छ । यातायात सञ्चालनमा परेको समस्याका बारेमा कसैले चासो दिएको छैन ।” 

अघिल्लो वर्षायाममा बन्द रहेको उक्त सडक केही स्तरोन्नति गरेपछि यसवर्ष भने दुःखका साथ यातायात सञ्चालन हुँदै आएको र एसियाली विकास बैंकको करिब रु ७५ करोडको लागतमा सडक कालोपत्रे पनि गर्न थालिएको छ । 

तीन भागमा विभाजन गरेर काम थालिएको उक्त सडकको पहिलो खण्ड हलेसीदेखि बिजुलेसम्म १२ किलोमिटर सडक सूर्य कन्ट्रक्सनले जिम्मा लिएकामा हालसम्म चार कलोमिटरमात्र कालोपत्रे गरेको छ । 

त्यसमा पनि सन्तोषजनक काम नभएको सरोकारवालाको भनाइ छ । यस्तै, बिजुलेदेखि हुर्लुङसम्मको १२ किलोमिटर र हुर्लङदेखि दिक्तेलसम्मको १२ किलोमिटर सडक नागार्जुन कन्ट्रक्सनले जिम्मा लिएको छ । 

उक्त दुबै खण्ड फराकिलो पार्ने र सडकमुनी गाह्रो लगाउने र नाली बनाउने बाहेक अन्य काम भएको छ । पछिल्लो समय लगातारको वर्षापछि झरेको पहिरोले उक्त सडक खण्डमा निर्माणाधीन गाह्रो र नाली पुरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता