साउन २५, खोटाङ । मध्यपहाडी लोकमार्गमापर्ने निर्माणाधीन दिक्तेल–हलेसी सडकखण्ड पहिरोको उच्च जोखिममा परेको छ । 

कालोपत्रेका लागि सडक फराकिलो पार्ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २५, खोटाङ । मध्यपहाडी लोकमार्गमापर्ने निर्माणाधीन दिक्तेल–हलेसी सडकखण्ड पहिरोको उच्च जोखिममा परेको छ । 

कालोपत्रेका लागि सडक फराकिलो पार्ने"/>

2026-09-19 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिक्तेल-हलेसी सडक पहिरोको उच्च जोखिममा


साउन २५, खोटाङ । मध्यपहाडी लोकमार्गमापर्ने निर्माणाधीन दिक्तेल–हलेसी सडकखण्ड पहिरोको उच्च जोखिममा परेको छ । 

कालोपत्रेका लागि सडक फराकिलो पार्नेक्रममा स्काभेटर प्रयोग गर्दा सडकदेखि माथिल्लो भागसमेत खलबलिएपछि ठाउँ/ठाउँमा पहिरो खस्न थालेको हो । 

कच्ची सडकको विभिन्न स्थानमा पहिरो झरिरहँदा जोखिम मोलेर गाडी गुडाउनुपर्ने अवस्था छ । सडकदेखि माथिल्लो भागबाट झरेको पहिरोले हाल निर्माणाधीन सडक आसपासको नाली पुरिनुका साथै वर्षाको पानी सडकबाटै बग्दा सडक हिलाम्मे भएको छ । 

दिक्तेलदेखि हलेसीसम्म ४२ किलोमिटर लम्बाइ रहेको उक्त सडकमा साना ठूलागरी हजारौं पहिरो खसेर थुप्रिएको छ । साथै सडकका विभिन्न ठाउँमा ढुंगा तथा बालुवा थुपारिएका कारण सडक साँघुरो बनेको छ । 

सडकमा थुप्रिएको पहिरो नहटाउँदा यातायात सञ्चालन गर्न कठिन भएको यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङमाङले बताउनुभयो । 

“माथिबाट झेरको पहिरो सडकभरी थुप्रिएको छ ।” उहाँले भन्नुभयो, “छेउको साँघुरो बाटोबाट गाडी गुडाउँदा आधा टायर सडकभन्दा बाहिर पुग्ने गरेको छ । यातायात सञ्चालनमा परेको समस्याका बारेमा कसैले चासो दिएको छैन ।” 

अघिल्लो वर्षायाममा बन्द रहेको उक्त सडक केही स्तरोन्नति गरेपछि यसवर्ष भने दुःखका साथ यातायात सञ्चालन हुँदै आएको र एसियाली विकास बैंकको करिब रु ७५ करोडको लागतमा सडक कालोपत्रे पनि गर्न थालिएको छ । 

तीन भागमा विभाजन गरेर काम थालिएको उक्त सडकको पहिलो खण्ड हलेसीदेखि बिजुलेसम्म १२ किलोमिटर सडक सूर्य कन्ट्रक्सनले जिम्मा लिएकामा हालसम्म चार कलोमिटरमात्र कालोपत्रे गरेको छ । 

त्यसमा पनि सन्तोषजनक काम नभएको सरोकारवालाको भनाइ छ । यस्तै, बिजुलेदेखि हुर्लुङसम्मको १२ किलोमिटर र हुर्लङदेखि दिक्तेलसम्मको १२ किलोमिटर सडक नागार्जुन कन्ट्रक्सनले जिम्मा लिएको छ । 

उक्त दुबै खण्ड फराकिलो पार्ने र सडकमुनी गाह्रो लगाउने र नाली बनाउने बाहेक अन्य काम भएको छ । पछिल्लो समय लगातारको वर्षापछि झरेको पहिरोले उक्त सडक खण्डमा निर्माणाधीन गाह्रो र नाली पुरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई