१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा भूकम्प गएको २७ महिनासम्म पनि टेण्टमै प्रहरी

२६ श्रावण २०७४, बिहीबार ०४:००

आदित्य दाहाल/साउन २६, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्रमा रहेको मानेखर्क चौकी भूकम्प गएको २७ महिना बितिसक्दा पनि निर्माण हुन सकेको छैन । 

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले प्रहरी चौकी रहेको घर भत्किएपछि शान्ति सुरक्षाको लागि खटिएका मानेखर्क चौकीका प्रहरी अहिले पनि टेण्टमै छन् । 

इलाका प्रहरी कार्यालय, मेलम्चीको मातहतमा पर्ने पाँचपोेखरी थाङ्पाल गाउँपालिकामा रहेको एकमात्र चौकी अहिलेसम्म पनि पुनःनिर्माण हुन नसक्दा प्रहरीले पालबाट नै २४ घण्टे सुरक्षा दिइरहेको मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो । 

प्रहरी चौकी निर्माणका लागि आन्तरिक स्रोत केही नभएकाले आफैँ चौकी निर्माण गर्न नसकिने मानेखर्क प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कालुमान दनुवारले बताउनुभयो । 

डिएफ्आईडी नामक अन्तरराष्ट्रिय गैरसरकारी संस्थाले चौकी निर्माण गरिदिने भनेर सम्झौता गरेपनि अहिलेसम्म निर्माण कार्य शुरु नभएको दनुवारले बताउनुभयो । 

चौकी निर्माण नहुँदा कुनै पनि आपराधिक क्रियाकलापमा संलग्नलाई थुनुवामा राख्ने ठाउँसमेत नभएको प्रहरी गुनासो छ । थुनुवा राख्ने ठाउँ नहँुदा कुनै पनि घटनामा संलग्न अभियुक्तलाई करिब पाँच घण्टाको बाटो हिँडाएर इलाका प्रहरी कार्यालय, मेलम्चीसम्म लैजानुपर्ने बाध्यात्मक परिस्थिति रहेको प्रहरीको भनाइ छ । 

मानेखर्क चौकीमा कार्यरत प्रहरी भन्छन्– दिनभरि ड्युटी सकेर आयो, राति पानी चुहिने, शीत चुहिने, चिसो हुने भएपछि प्रहरीको काम गर्ने मनोबलमा समेत नराम्रो असर परिसकेको छ । मानेखर्क चौकीका प्रमुख दनुवार भन्नुहुन्छ “टेण्टमुनिको बासमा प्रहरीले ज्यादै कष्टपूर्ण ड्युटी गर्दै आएको छ ।” 

एउटा टेण्टभित्र सातजना सुत्नुपर्ने तथा आफ्नो सामानसमेत राख्दा साँघुरो भएर धेरै कष्टकर भएकोे प्रहरीको भनाइ छ । एउटा टेण्टमा कार्यालय राख्नेदेखि लिएर सुत्नेसम्मको कार्य गर्नुपर्ने बाध्यता रहेको प्रहरीले गुनासो गरेको छ । 

एउटा पूरै गाउँपालिकाको सुरक्षाको लागि रहेको प्रहरी चौकीको अहिलेसम्म पनि निर्माण हुन नसक्नु निकै विडम्बना भएको स्थानीय मानेखर्कका समाजसेवी शंकर लामा बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते