२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा भूकम्प गएको २७ महिनासम्म पनि टेण्टमै प्रहरी

२०७४, २६ श्रावण बिहीबार ०४:००

आदित्य दाहाल/साउन २६, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्रमा रहेको मानेखर्क चौकी भूकम्प गएको २७ महिना बितिसक्दा पनि निर्माण हुन सकेको छैन । 

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले प्रहरी चौकी रहेको घर भत्किएपछि शान्ति सुरक्षाको लागि खटिएका मानेखर्क चौकीका प्रहरी अहिले पनि टेण्टमै छन् । 

इलाका प्रहरी कार्यालय, मेलम्चीको मातहतमा पर्ने पाँचपोेखरी थाङ्पाल गाउँपालिकामा रहेको एकमात्र चौकी अहिलेसम्म पनि पुनःनिर्माण हुन नसक्दा प्रहरीले पालबाट नै २४ घण्टे सुरक्षा दिइरहेको मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो । 

प्रहरी चौकी निर्माणका लागि आन्तरिक स्रोत केही नभएकाले आफैँ चौकी निर्माण गर्न नसकिने मानेखर्क प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कालुमान दनुवारले बताउनुभयो । 

डिएफ्आईडी नामक अन्तरराष्ट्रिय गैरसरकारी संस्थाले चौकी निर्माण गरिदिने भनेर सम्झौता गरेपनि अहिलेसम्म निर्माण कार्य शुरु नभएको दनुवारले बताउनुभयो । 

चौकी निर्माण नहुँदा कुनै पनि आपराधिक क्रियाकलापमा संलग्नलाई थुनुवामा राख्ने ठाउँसमेत नभएको प्रहरी गुनासो छ । थुनुवा राख्ने ठाउँ नहँुदा कुनै पनि घटनामा संलग्न अभियुक्तलाई करिब पाँच घण्टाको बाटो हिँडाएर इलाका प्रहरी कार्यालय, मेलम्चीसम्म लैजानुपर्ने बाध्यात्मक परिस्थिति रहेको प्रहरीको भनाइ छ । 

मानेखर्क चौकीमा कार्यरत प्रहरी भन्छन्– दिनभरि ड्युटी सकेर आयो, राति पानी चुहिने, शीत चुहिने, चिसो हुने भएपछि प्रहरीको काम गर्ने मनोबलमा समेत नराम्रो असर परिसकेको छ । मानेखर्क चौकीका प्रमुख दनुवार भन्नुहुन्छ “टेण्टमुनिको बासमा प्रहरीले ज्यादै कष्टपूर्ण ड्युटी गर्दै आएको छ ।” 

एउटा टेण्टभित्र सातजना सुत्नुपर्ने तथा आफ्नो सामानसमेत राख्दा साँघुरो भएर धेरै कष्टकर भएकोे प्रहरीको भनाइ छ । एउटा टेण्टमा कार्यालय राख्नेदेखि लिएर सुत्नेसम्मको कार्य गर्नुपर्ने बाध्यता रहेको प्रहरीले गुनासो गरेको छ । 

एउटा पूरै गाउँपालिकाको सुरक्षाको लागि रहेको प्रहरी चौकीको अहिलेसम्म पनि निर्माण हुन नसक्नु निकै विडम्बना भएको स्थानीय मानेखर्कका समाजसेवी शंकर लामा बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना