२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

परशुरामधाम प्रचारप्रसारको अभावमा ओझेलमा पर्यो: स्थानीयवसी

२०७४, २६ श्रावण बिहीबार १३:१६

साउन २६, डडेल्धुरा । डडेल्धुरा जिल्लाको भित्री मदेश क्षेत्रमा रहेको सुदूरपश्चिमको प्रमुख प्रसिद्ध धार्मिक पर्यटकिय स्थल परशुरामधाम प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

परापुर्ब कालमा बिष्णुका अबतार मानिने परशुरामले तप गरेको क्षेत्रका रुपमा परिचित महाकालि नदी संगै रहेको परशुरामधाम ओझेलमा परेको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेका हुन् ।

सरोकारबाला सम्बन्धित निकायबाट यसको संरक्षण सम्बद्धनमा खासै चासो नदिएको स्थानिय समाजसेवी राम सिं ठकुराठीले बताएका छन् । धार्मिक र पर्यटकिय रुपमा निकै मनोरम दृश्य भएको प्रसिद्ध परशुरामधामको प्रचारप्रसार तथा  संरक्षण सम्बद्धनमा सरोकारवाला निकाय संग बेलाबेलामा आग्रह गर्दा कुनै चासो नदिएको स्थानीयको भनाई रहेको छ ।

परशुराम धामको विकासका लागि दिर्घकालीन गुरु योजना बनाई प्रचारप्रसारका लागि सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्नेमा स्थानीयको जोड छ । नजिकको तिर्थलाई हेला गर्ने प्रबृतिले समेत यसको विकास हुन नसकेको जानकारहरुको भनाई छ  ।

डडेल्धुराको परशुराम धाममा परशुरामले गरेको यज्ञको अवशेस अझैँ पनि चुन ढुङगाको रुपमा बाँकी रहेको स्थानीयबासिन्दाको विश्वास रहेको छ । कार्तबिर्य र अन्य दैत्य प्रवृतिको अन्त्य गर्न परसुराम अवतार भएको जनविश्वास रहेको छ । महर्षि जमदग्नि र रेनुकाको कोखबाट जन्मिनु भएका परशुरामले महाब शालि राबणलाई पनि पराजित गरेका कार्तबिर्यलाई मारेको पुराणहरुमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस