साउन २७, खोटाङ । पहिरोको उच्च जोखिममा परेको खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थल आसपासमा वृक्षारोपण गरिएको छ । 

सामुदायिक वन दिवसको अवसर पारेर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २७, खोटाङ । पहिरोको उच्च जोखिममा परेको खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थल आसपासमा वृक्षारोपण गरिएको छ । 

सामुदायिक वन दिवसको अवसर पारेर"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खानीडाँडा विमानस्थल आसपासमा वृक्षारोपण गरियो

२०७४, २७ श्रावण शुक्रबार ०१:३८


साउन २७, खोटाङ । पहिरोको उच्च जोखिममा परेको खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थल आसपासमा वृक्षारोपण गरिएको छ । 

सामुदायिक वन दिवसको अवसर पारेर रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा रहेको खानीडाँडा विमानस्थल आसपासमा विहिबार विभिन्न प्रजातिका बिरुवा लगेर वृक्षारोपण गरिएको हो । 

माटो कटान र भू–क्षय नियन्त्रणका लागि विमानस्थल आसपासमा तेजपात, रिट्ठा, टाँकी, बडहर, सल्ला लगायतका बिरुवा रोपिएको सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष राजेन्द्र राईले जानकारी दिनुभयो । “वर्षाका कारण माटो कटान हुँदा खानीडाँडा विमानस्थल पहिरोको उच्च जोखिममा परेको छ”, उहाँले भन्नुभयो, “पहिरोको उच्च जोखिममा परेको विमानस्थलको माटो कटान नियन्त्रण तथा सुन्दरताका लागि वृक्षारोपण गरिएको हो ।” 

विमानस्थलनजिक रहेको भालासिरुवानी सामुदायिक वनको संरक्षणमा ध्यानाकर्षणका लागि समेत वृक्षारोपण गरिएको महासङ्घले जनाएको छ । लगातार परेको वर्षाका कारण धावनमार्गमाथि बाट बगेको भलपानीले विमानस्थल पहिरोको जोखिममा परेको हो । 

धावनमार्ग मुनिबाट बनाइएको ढल थुनिएपछि धावनमार्ग हुँदै बगेको भलबाढीले विमानस्थलको दक्षिणी भाग भत्किएको छ । विमानस्थलको छेउबाट शुरु भएको पहिरो अहिले कालोपत्र गरिएको धावनमार्गदेखि करिब दुई÷तीन मिटरनजिक पुगिसकेको छ । 

विभिन्न दातृ निकायको आर्थिक सहयोगमा उपभोक्ताले निर्माण गरेको विमानस्थल गुणस्तरहीन रहेको यसअघि नै गुनासो आएको थियो । दुई वर्षअघि मात्र कालोपत्र गरिएको विमानस्थल पहिरोको जोखिममा परेपछि जिल्लावासी चिन्तित बनेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस