२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

असम्भव भनिएको लिफ्टबाट सिँचाइ र खानेपानी ५२ लाखमा सफल

२०७४, २७ श्रावण शुक्रबार ०२:१४

साउन २७, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारमा जारी रहेको खानेपानी र सिँचाइ समस्या स्थानीयवासीले लिफ्ट परियोजनामार्फत समाधान गरेका छन् । 

वडा नं ५ भित्र पर्ने सय घरधुरी बासिन्दाको खानेपानी र उनीहरुले उपभोग गर्दै आएको दुई हजारभन्दा बढी रोपनी जग्गामा सिँचाइ अभावको समस्या समाधानका लागि लिफ्ट परियोजनामार्फत सफल भएको हो । 

बस्ती नजिकैबाट तादी र त्रिशूली नदी बगिरहे पनि भोग्दै आएको समस्या समाधान गर्न स्थानीवासीले रु ५२ लाख लगानी गरी लिफ्टमार्फत सिँचाइ र खानेपानी दुवै सुविधा उपभोग गर्न शुरु गरेको हकुवा–माझगाउँ–पिपलटार लिफ्ट सिँचाइ तथा खानेपानी योजनाका अध्यक्ष उत्तमप्रसाद ढकालले बताउनुभयो । 

हकुवास्थित तादी खोलामा पानी तान्ने उपकरण जडान गरी अग्लो स्थानमा रहेको पिपलटारस्थित माझगाउँसम्म ८०० मिटर पाइप जडान गरी पानी ल्याउन सफल भएपछि खानेपानी र सिँचाइ दुवैको समस्या समाधानतर्फ उन्मुख हुन थालेको छ । 

सरकारीस्तरबाट भएको सम्भाव्यता अध्ययनमा ‘असम्भव’ भनिएको परियोजना परीक्षणको समयमा ५० घरधुरी बासिन्दालाई खानेपानी र ४० घरधुरी बासिन्दाको जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको लिफ्ट सिँचाइ परियोजनाका सल्लाहकार लीलानाथ न्यौपानेले बताउनुभयो । 

परीक्षण सफलभएपछि परियोजनालाई बृहत् बनाउन आसपासका बासिन्दा र विदुर नगरपालिकासमेत लगानी गर्न सकारात्मक भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना