Skip to content
Friday, July 17, 2026 Nepali Online Media

लमजुङमा ट्याङ्कीमा डुबेर तीनवर्षीया बालिकाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २७, लमजुङ । पानी ट्याङ्कीमा डुबेर विहिबार एक बालिकाको ज्यान गएको छ ।

सदरमुकाम बेसीशहरको मनाङे चौतारामा बस्ने ३ वर्षीया बालिका कृत्तिका गुरुङको ज्यान गएको हो । खेल्ने क्रममा कृत्तिका पानी ट्याङ्कीमा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।

बालिकाकी आमा मोनिका पसल गएको बेला जमिनमुनि रहेको हजार लिटर अट्ने पानी ट्याङ्कीमा बालिका डुबिरहेको अवस्थामा फेला पारिएको थियो । ट्याङ्कीमा बालिका देखेपछि स्थानीयवासीले तत्काल लमजुङ जिल्ला सामुदायिक अस्पताल पु¥याएका थिए ।

अस्पताल पु¥याउने बित्तिकै चिकित्सकले बालिकालाई मृत घोषणा गरेको प्रहरीले बताएको छ । बेसीशहर नगरपालिका–१०, गाउँभाचोकका गुरुङ परिवार बेसीशहर बजारमा बस्दै आएका हुन् । रासस