डा. गोविन्द केसीको अनसन जायज कि नाजायज यो पोष्ट पढेपछि यहाँहरुलाई थाहा हुन्छ । सक्दो सेयर गरीदिन अपिल भन्दै सामाजिक सञ्जालमा दिन दुइ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डा. गोविन्द केसीको अनसन जायज कि नाजायज यो पोष्ट पढेपछि यहाँहरुलाई थाहा हुन्छ । सक्दो सेयर गरीदिन अपिल भन्दै सामाजिक सञ्जालमा दिन दुइ"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

डा. गोविन्द केसीको समर्थनमा भाइरल बन्दै यो म्यासेज ! १४ हजार पर्ने इन्जेक्सनको वास्तविक मूल्य ११ सय

२०७४, २७ श्रावण शुक्रबार ०७:१७

डा. गोविन्द केसीको अनसन जायज कि नाजायज यो पोष्ट पढेपछि यहाँहरुलाई थाहा हुन्छ । सक्दो सेयर गरीदिन अपिल भन्दै सामाजिक सञ्जालमा दिन दुइ गुणा रात चौ गुणा म्यासेजमा पठाई भाइरल बनिरहेको छ ।

” सबै ईमान्दार डाक्टर्स सित क्षमा सहित प्रार्थना…! ” वाह हरु सम्पुर्ण मा धन्यवाद इमान्दार भएर आफ्नो जिम्मेवारी निभाउनु भएको मा।।।।
—————————
तर माफिया लाई खबरदार ??????????????????????????????
तपाइको बुवालाई ` हर्ट एटेक ´ भयो ,

डाक्टरले भन्ने गर्छ – Streptokinase इन्जेक्सन लिएर आउ , 14000 रुपैयाको …
इन्जेक्सन को वास्तविक मूल्य 1000- 1100 बिच मा छ ,
तर त्यसमा MRP 14000 को छ !

तपाईं के गर्नुहुन्छ ?
—————————–

तपाइको छोरालाई टाइफाइड भयो
डाक्टरले लेखिदिए , कुल 14 Monocef लाग्नेछ

होलसेलमा दाम त्यसको रु. 40 छ
अस्पतालको केमिस्टले तपाइलाई रु. 85 मा दिन्छ !

तपाईं के गर्नुहुन्छ ?
——————————
तपाइको आमाको किड्नी फेल भएको छ

हरेक तेस्रोदिन Dialysis हुने गर्छ
Dialysis पछि एउटा इन्जेक्सन लाग्छ
MRP सायद  रु  2900 छ ,

तपाईं सोच्नुहुन्छ कि बजारमा गएर होलसेल मार्केटबाट लिन्छु
पुरै नेपाल तपाईं खोज्नुहुन्छ तर कहि भेटिदैन किन ?

किनकी कम्पनीले मात्र केवल डाक्टरलाई सप्लाइ दिन्छ ,

इन्जेक्सन को वास्तविक मूल्य
रु. 800 तर डाक्टरले आफ्नो अस्पतालमा MRP मा यानिकी 2900 मा दिन्छ

तपाईं के गर्नुहुन्छ ?
————————
तपाइको बच्चालाई इन्फेक्सन भएको छ
डाक्टरले जुन Antibiotic लेखे त्यो 870 रुपैया को एउटा पत्ता हो , त्यही Salt कुनै अर्को कम्पनिको 240 को हो र जेनेरिक रु. 75 को …

तर केमिस्टले तपाइलाई अस्वीकार गरिदिन्छ
अहँ हामी जेनेरिक राख्दै राख्दैनौ , अर्को कम्पनिलाई दिदैन , त्यही दिन्छ जुन डाक्टर साहब ले लेखेको हुन्छ यानिकी 870 वाला … ,

तपाईं के गर्नुहुन्छ ?
————-

सबैभन्दा ठूलो यक्ष प्रश्न …

नालीमा खस्यो प्रींस ,
बिना ड्राइभरको कार
सासू बुहारी र षड्यन्त्र
सावधान, क्राइम रिपोर्ट
गुण्डा नाइके को गर्लफ्रेण्ड !

यो सब देखाउछ मिडिया ले तर ……………..

Doctors , Hospitals र Pharmaceutical कम्पनीहरुको यो खुलमखुल्ला लुट कसैले किन देखाउदैन ?
————————————

मिडियाले देखाउदैन भने कसले देखाउछ ?

मेडिकल lobby को दादागिरी कसरी रोकिन्छ ?

यो lobby ले सरकार र जनतालाई लाचार बनाएर राखेको छ ,

Media किन चुप छन् ?

कि मिडियाहरुलाई पनि किनिसकेका छन फर्मा कम्पनीहरुले ?

200/- रुपैया माग्दाखेरी अटो वालालाई त तपाईं कलर समातेर हान्नुहुन्छ चार झापड ..!!
डाक्टर साहब लाई के गर्नुहुन्छ ?

तपाईं गरिब हुनुन्छ तर छोरा छोरी लाई डाक्टर पढाउनु मन छ पढ्न सक्ने पनि छन तर……….35 लाख पर्ने कलेज को फी दलाल ले 40,50,60,70 कति सक्छन मन्परि लिन्छन ।।। अनि गरिब ले पढ्ने कसरी?

तपाई को आफन्त अस्पतालमा लापरबाहीको कारण मृत्यु हुन्छ, आन्दोलन गर्नुहुन्छ तर के बिचार गर्नु भएको छ दिन कति नेपालीहरु उपचार नपाएर , उपचार गर्न नसकेर, औसधि नपाएर मरेका छन् सैयामा।
————————————–
यिनै हाम्रो देशमा भएको चिकित्सा छेत्रको नराम्रो पक्षको बिरोध गर्दै Dr Gobinda KC सत्र दिन देखि अन्सनमा हुनुहुन्छ अनि हामी हाम्रो लागि बोलिदिने Doctor मर्न लाग्दा चुप छौँ ।।।।
यदि तपाइलाई यो सत्य लाग्छ भने गरीदिनुस फरवर्ड र शेयर सबैलाई !

जागरुकता ल्याउनुस र अरुलाई पनि जागरुक बनाउनलाई आफ्नो सहयोग दिनुस ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस