टेकशाही/साउन २७, डोल्पा । यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटेका छन । 

अघिल्लो बर्षको तुलनामा यस बर्ष आन्तरिक तथा बाह्य पर्यटको सँख्या घट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेकशाही/साउन २७, डोल्पा । यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटेका छन । 

अघिल्लो बर्षको तुलनामा यस बर्ष आन्तरिक तथा बाह्य पर्यटको सँख्या घट"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटे, होटेल व्यवसायी संकटमा

२७ श्रावण २०७४, शुक्रबार १२:१९


टेकशाही/साउन २७, डोल्पा । यातायातको माध्याम नभएपछि डोल्पामा पर्यटक घटेका छन । 

अघिल्लो बर्षको तुलनामा यस बर्ष आन्तरिक तथा बाह्य पर्यटको सँख्या घटेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारि दिएको छ । 

यस बर्ष शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ५ सय ७३ जना पर्यटक मात्र आएका रेञ्जर सञ्जय कुमार चौधरिले जानकारि दिए । उनका अनुसार महिला २ सय १४ जना र पूरुष ३ सय २१ जना रहेका बताए । 

जस मध्य सार्क मुलुकका १४ जना र अन्य देशका ५ सय २३ जना रहनुका साथै अघिल्लो बर्ष १ हजार ६ सय भन्दा धेरै पर्यटक भित्रिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । 

राष्ट्रिय राजमार्गले नछोएको र पर्यटन आउने सिजनमा हवाइ यातायातको बाटो यस बर्ष बन्द भएपछि पर्यटक घटेको पर्यटन ब्यावसायि सिजी ट्रेकिङ्गका प्रोप्राइटर जितेन्द्र झाँक्रीले बताए ।

उनका अनुसार जहाजको सुबिधा नभएको र पर्यटकले माथिल्लो डोल्पाको लागि महगो हेलिकप्टर भाडा तिर्न कठिन मान्ने भएको कारण पनि पर्यटक घटेको बताए ।


अघिल्ला बर्षमा पर्यटक हजारौको साख्यामा आउनाले होटेल ब्यावसाय पनि राम्रै चलेको र यस बर्ष पर्यटकहरु घटेपछि ब्यावसायपनि सँकटमा परेको होटेल ब्लूसिपका मालिक चाँद हमालले बताए । 

हरेक दिनपाल टाँग्नको लागि क्यमपसाइड ब्यवस्था गर्न कठिन हुन्थ्यो यो बर्ष बाटो नै हेर्नु पर्ने अबस्था छ सबै होटेल ब्यावसायिलाइ सँकट बनायो पर्यटनले चाँदले भने । 

डोल्पामापर्यटक माथिल्लो डोल्पामा भ्रमण गर्नको लागिआउने गर्दछन । सार्क मुलुककापर्यटकको लागिप्रतिब्यक्ति १६ सय डलर अन्य देशकालागि १३ सय डलर पर्यटन शुल्क लाग्ने गरेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सहायक सँरक्षण अधिकृत प्रकाश उप्रेतिले जानकारि दिए । 

माथिल्लो डोल्पामा रहेको बशुचर्चित शे–गुम्बा, नेपालकै गहिरो शे–फोक्सुण्डो ताल, सुलिगार्ड झरणा,माथिल्लो रहन सहन भेष भुषाअबलोकन र अन्य प्राकृतिक मनोरम अबलोकनको लागिआउने गरेको स्थानिय आङ्ग बहादुर लामाले बताए ।

पर्यटकहरु जति धेरै आउछन त्यतिधेरै सबै ब्यावसायिको आयस्तर बढ्छ पर्यटन ब्यावसायि हिमबहादुर थापाले बताए । उनका अनुसार पर्यटकिय पदमार्गमा रहेका चिया पसलदेखि स्थानिय हस्तकलाका सामाग्रि उत्पादनगर्ने ब्यावसायिको समेत आम्दानी रोकिएको बताए ।


पर्यटक जुम्ला, डोल्पाहुदै मुस्ताङ्ग र बाग्लुङ्गहुदै पोखरा पदमार्ग पदयात्रागर्ने गर्दछन । यस बर्ष पर्यटक केहि पैदलमार्ग भएर आएका छन भने कोही हेलिकप्टर चार्टर गरेर आउने गरेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय सुलिगार्डले जानकारि दिएको छ । 

पर्यटक डोल्पा नआउनु हवाइ तथा पैदल यातायात मूख्य समास्या हो भने सञ्चार र सुरक्षा चुनौति जटिल अर्को कारण भएको डोल्पा उद्योग बाणिज्य सँघका अध्यक्ष लालिमान बुढाले बताए । 

उनले भने माथिल्लो डोल्पा भौगोलिक रुपमा ठुलो भएको र सञ्चारको पहुचनभएको कारण पनि सञ्चार सुरक्षा दुवै हिसावले पर्यटकलाइ सहजता छैन । 

माथिल्लो डोल्पाका ३ वटै गाँउपालिकामा सञ्चारका कुनैपनि माध्याम छैनन । हरेक बर्ष माथिल्लो डोल्पामा सुरक्षा र सञ्चार अभाबकै कारण लाखौको लुटपाट हुने गर्दछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य