Skip to content
Friday, July 17, 2026 Nepali Online Media
August 11, 2017 मुगु - MG, समाज

मुगुमा टेलिफोन सेवा अवरुद्ध, सेवा ग्राहीलाई हैरानी

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नन्द बहादुर रोकाया/साउन २७, मुगु । एक साता देख नेपाल टेलीकमको सेवामा बारम्बार समस्या आउदाँ सेवा ग्राही हैरानी भएका छन ।

नेपाल टेलीकम मार्फत वितरण भएका सिमहरुको सिग्नल आउने जाने समस्याले सेवाग्राही हैरान भएका हुन  । नेपाल टेलिकमद्धारा वितरित जिएसएम,सिडिएमए मोवाईल र एडिएसएल ईन्टरनेट सेवाका सिग्नलहरु आउने जाने गर्दा सेवाग्रहीहरु हैरान भएका  सेवाग्राहीले बताएका छन ।

यता नेपाल टेलिकम मुगु शाखाका प्रमुख कमल प्रसाद केसीका अनुसार  मुगु मात्र नभएर कर्णाली कै ५ वटै जिल्लामा समस्या देखिएको बताउनुभयो । नेटवर्कमै समस्या आउदा भ्वाईस प्रष्ट सुनिदैन,एडिएसएलको सिग्नल नै छैन र अफिस नेटवर्कमा समस्या देखिएको समेत कार्यलय प्रमुख केसीको भनाई छ ।

संचार सेवामा आएको समस्यहरु बारे क्षेत्रिय कार्यालय नेपालगंजलाई पत्र र मौखिक जानकारी गरिसकेको र क्षेत्रिय कायालयले दिईएको जानकारी अनुसार नेपालगंजबाट रेडियो लिंक मार्फत पठाईएका डाटा कर्णालीका ५ वटै जिल्लाहरुमा कम भएकाले कहाँको रिपिटर टावरमा डाटा कम भयो भनेर प्राविधिकहरुले दैलेखको रानीमता, कालिकोटको भरता र जुम्लाको माईथाप्ला डाँडामा रहेका रिपिटर टावरमा चेक गर्ने काम भईरहेको नेपाल टेलिकम जिल्ला शाखा मुगुले जनाएको छ ।

सबै टावरमा चेक गदै प्राविधिकहरु मुगु र डोल्पासम्म पुग्ने र अन्य जिल्लामा भन्दा डोल्पा,हुम्ला र मुगुमा नेटवर्कको बढी समस्या देखिएने गरेको बताईएको छ ।