शंकर के.सी/सल्यान, २७ साउन । कपुरकोट गाउँपालिकाको केन्द्र तथा सल्यान, रुकुम रोल्पाको प्रवेशद्धारमा अवस्थीत कपुरकोट बजारको फोहोर व्यवस्थापनका लागी समिती गठन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शंकर के.सी/सल्यान, २७ साउन । कपुरकोट गाउँपालिकाको केन्द्र तथा सल्यान, रुकुम रोल्पाको प्रवेशद्धारमा अवस्थीत कपुरकोट बजारको फोहोर व्यवस्थापनका लागी समिती गठन "/>

2026-09-08 05:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपुरकोट बजारको फोहोर व्यवस्थापनका लागी समिती गठन


शंकर के.सी/सल्यान, २७ साउन । कपुरकोट गाउँपालिकाको केन्द्र तथा सल्यान, रुकुम रोल्पाको प्रवेशद्धारमा अवस्थीत कपुरकोट बजारको फोहोर व्यवस्थापनका लागी समिती गठन भएको छ । 

कपुरकोट गाउँपालिकाको कार्यपालिका बैठकबाट वडा नम्बर ३ का अध्यक्ष मिन बहादुर सेन संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष हरिलाल पुन र कार्यपालिका सदस्य ठगबिर कामि सदस्य रहेको फोहोर व्यवस्थापन केन्द्र छनौट समिती गठन गरिएको हो ।

समितीलाइ बजार क्षेत्रमा उत्पादन हुने फोहोर व्यवस्थापन गरि स्वच्छ र सफा गाउँपालिका बनाउन उपयुक्त स्थानको छनौट, उक्त स्थानमा जग्गा प्राप्तीको प्रक्रिया तथा विधि र स्थायी फोहोर व्यवस्थापन केन्द्र स्थापना नहुन्जेल सम्मका लागी अस्थायी रुपमा फोहोर व्यवस्थापनका लागी शिफारिस गर्न १५ दिनको समय दिइएको गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले जनाएका छन् ।

साथै कपुरकोट बजारलाइ सफा, सुन्दर, शान्त र सुरक्षित बनाउनका लागी आवश्यक निर्णय लिनका लागी यहि आउँदो भदौको १ गते सरोकारवालाहरुको बैठक राखिएको पनि अध्यक्ष सेनले जनाएका छन् । कार्यपालिकाको बैठकले गाउँपालिका उपाध्यक्ष तिला बुढा संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष हपिरलाल पुन र कार्यपालिका सदस्य भिमा बुढाथोकी सदस्य रहेको न्यायीक समिती पनि गठन गरेको छ ।

समितीले गाउँसमाजका सानातीना विवाद समाधान गर्नका लागी कार्यविधि नबने सम्म आफै कार्यविधि बनाएर लागू गर्ने छ । यस्तै गाउँटोलमा हुने विकास निर्माण र सरसफाइ अभियानमा सहयोग पु¥याउन प्रत्येक वडाहरुमा टोल विकास समिती गठन गर्न सम्बन्धीत वडा कार्यालयहरुलाइ निर्देशन दिने निर्णय भएको पनि कपुरकोट गाउँपालिकाका कार्यकारि अधिकृत रेमन्त डागीले जानकारि गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ