१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा जबरजस्ती बुहारी करणी गरेको अभियोगमा जेल चलान

२७ श्रावण २०७४, शुक्रबार १५:५७

साउन २७, डडेल्धुरा । भाइबुहारी नाता पर्ने एक महिलालाई जवरजस्ती करणी गर्न खोजेको अभियोगमा डडेल्धुराको अजयमेरु गाउँपालिका–१ खतेडाका ५० वर्षीय हरि सिंह भण्डारीलाई शुक्रबार जेल चलान गरीएको छ ।

जबरजस्ती करणी उद्योग कसुर अपराध मुद्दामा अदालतको आदेश बमोजिम फरार अभियुक्त भण्डारीलाई बिहीबार घरबाटै पक्राउ गरी जेल चलान गरीएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक करविर ऐरले जानकारी दिएका छन् ।

वि.स.२०७२ मसिंर २८ गते राती ८ बजे भाइबुहारी नाता पर्ने महिलालाई जवरजस्ती करणी गर्न घर भित्र पसेका बेला पक्राउ गरिएको थियो । पक्राउ पश्चात सम्पूर्ण अनुसन्धान थालेर २०७२ पुस १६ गते उनलाई अदालतमा पेश गरिएको थियो ।

प्रहरी निरिक्षक ऐरका अनुसार २०७२ पुस १९ गते डडेल्धुरा जिल्ला अदालतबाट उनी २५ हजार धरौटीमा तारेखमा छुटेका थिए । उच्च अदालत दिपायल इजलास महेन्द्रनगरको २०७२ चैत २३ गतेको फैसलाले प्रतिवादी भण्डारीलाई जेल सजाय तोकिएको भएपनि हाल सम्म उनी फरार रहेका थिए । 

कारागार चलान गरिएका दोषी भण्डारीले अब २ बर्ष ६ महिना कैद भुक्तान गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु